समाचार
नेपाली लेखक संघ स्याङ्जाको चौँथो अधिवेशन, अध्यक्षमा न्यौपाने ।
रेडियो आँधीखोला,
१६ जेठ, वालिङ ।
नेपाली लेखक संघ स्याङ्जाको चौथो जिल्ला अधिवेशन तथा ऐतिहासिक प्रथम स्याङ्जा पर्या/ हरित काव्य उत्सव वालिङ खेलमैदानस्थित पतन्जलि योगपिठको सभाकक्षमा सम्पन्न भएको छ । युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा रहेको नेपाली लेखक सङ्घको कार्यक्रमको उद्दघाटन वरिष्ठ स्रष्टा देवीप्रसाद वनवासीले उद्दघाटन गर्नुभएको हो ।
कार्यक्रममा पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार राना, दहथुम बहुमुखी क्याम्पस प्रमुख नेत्रनारायण रेग्मी, पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक लम्साल, अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनीलगायतले आफ्ना रचना सहित शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा देवीप्रसाद वनवासी र मिलन समीरद्वारा सम्पादित तथा नेपाली लेखक सङ्घ स्याङ्जाद्वारा प्रकाशित शिवकुमार अधिकारीको कथाकृति æकोपिलाæ को लोकार्पण गरिएको थियोे ।
कार्यक्रममा स्याङ्जाली स्रष्टा लक्ष्मी रेग्मी खनाल,मुनाल गोदार, विष्णु पङ्गेनी पाण्डे, खगेन्द्रजंग थापा, जिबी राना, शोभाकान्त रेग्मी, गणेश खत्री, गुरुप्रसाद ढकाल, लीला रेग्मी, ढालबहादुर के.सी., इन्द्रप्रसाद पाठक, विक्रम संवत, सरस्वती अर्याल काफ्ले, पारु थापा पल्ली, राजु गैह्रे, स्मारिका अर्याल, सीताराम अधिकारीलगायतले ऐतिहासिक प्रथम स्याङ्जा पर्या/ हरित काव्य उत्सवअन्तर्गत पर्यावरणसँग सम्बन्धित रहेर सिर्जना गरिएका आफ्ना उत्कृष्ट रचना प्रस्तुत गरिएको थियोे ।
चौथो जिल्ला अधिवेशनबाट युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा समिति गठन गरिएको छ । उपाध्यक्ष युवराज सुवेदी, महिला उपाध्यक्षमा शान्ता थापा, सचिवमा गुरुप्रसाद ढकाल, कोषाध्यक्षमा शोभाकान्त रेग्मी, सहसचिव मुनाल गोदार रहनुभएको छ । सदस्यहरुमा राजु गैह्रे, जिबी राना, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठक, पार्वती थापा पल्ली æपारुæ र सरस्वती अर्याल काफ्ले गरि १२ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित गरिएको छ ।
स्याङ्जाका उपाध्यक्ष युवा स्रष्टा युवराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा पारिश्वर न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको संयोजन नेपाली लेखक सङ्घ स्याङ्जाका निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सचिव युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियोे ।