समाचार
मिडियामा एआईको प्रयोगले पत्रकारितालाई छिटो र सहज बनाउँछ,
रेडियो आँधीखोला,
वालिङ १७ जेठ ।
मिडियामा एआईको प्रयोग सम्बन्धि दुईदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । एआईका विभिन्न एप्लिकेशनहरुबाट बनाईएका विभिन्न अडियो तथा भिडियो सामाग्री आजभोली सामाजिक सञ्जालमा निकै हेर्न र सुन्न पाईन्छ । विश्वका विभिन्न देशहरुमा एआईका टुल्सहरु प्रयोग गरी समाचार बनाउने र पढ्ने अभ्यास पनि भईसकेको छ । यहि सन्र्दभमा पत्रकारिता क्षेत्रमा पनि एआईको प्रयोगले पत्रकारहरुलाई सहजता प्रदान गर्ने पत्रकारहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघ स्याङ्जाको आयोजना तथा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रेस रजिस्ट्रारको कार्यालयको सहयोगमा मिडियामा एआई -आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम समापन समारोहमा तालिम लिएका पत्रकारहरुले यस्तो बताएका हुन् ।
तालिम समापान समारोहमा आफ्नो अनुभव आदानप्रदान गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष ओमप्रकाश शर्माले समग्र पत्रकारिता तथा जिल्लाको पत्रकारिताको स्मरण गर्दै बदलिँदो समय अनुसार पत्रकारहरुले आँफूलाई ढाल्न सक्नुपर्ने बताउनुभयो । उहांले भन्नुभयोे, …हस्तलेखन समाचार, फ्याक्सबाट पत्रकारिता सुरु गरेको हामी अहिले इन्टरनेटबाट सबै काम हुने समयसम्म आईपुगेका छौँ । यस्ता प्रविधिहरुको सहि प्रयोग गर्दै अगाडि बढ्नुपर्छ ।Ú
गण्डकी समाचार डट कमका सञ्चालक तथा सम्पादक हिमलाल पराजुलीले भन्नुभयोे, …एआईको प्रयोगले पत्रकारको पेशालाई थप सहज र छिटो, छरितो बनाउन सहयोग गर्नेछ ।Ú विभिन्न एप्लिकेशनहरुको प्रयोग गर्दा आफूले दिने सूचना सहि हुनुपर्ने भन्दै पत्रकारहरुलाई पनि समय अनुसार परिमार्जन आवश्यक रहेको उहांले बताउनुुभयो।
कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका पुर्व उपाध्यक्ष भवानी अधिकारी, प्रेस युनियनका उपसभापति गोपिकृष्ण रेग्मी, प्रेस सेन्टर स्याङ्जाका अध्यक्ष केपि खनाल, जनपत्रकार संगठन स्याङ्जाका अध्यक्ष धु्रव गौडेललगायतले आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले पत्रकारिता क्षेत्रलाई राज्यले थप चुनौतीपुर्ण बनाएको भन्दै सरकारले ल्याएको विभेदकारी निर्णय फिर्ता हुनेछ भन्ने प्रतिक्षामा पत्रकार महासंघ रहेको बताउनुभयो । उहांले भन्नुभयोे, …पत्रकार तथा पत्रकार संवद्ध हरेक संघ संगठनहरुका हरेक भेलामा राज्यको विभेदकारी निर्णयको विषयमा छलफल भईरहेको छ । पत्रकारहरु अझै पनि आन्दोलित छन् ।Ú खुल्ला अर्थतन्त्रको निति रहेको राज्यमा सरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै दिने निर्णय यो निति विपरित रहेको अध्यक्ष कोईरालाले बताउनुभयो ।। आगामी दिनमा पनि पत्रकारहरुको क्षमता विकास गर्ने र पत्रकारहरुको हकहितका लागि महासंघ सँधै सकरात्मक भावनाका साथ अगाडि बढ्ने अध्यक्ष कोईरालाले बताउनुभयो ।
तालिममा नेपाली रेडियो नेटवर्कका संस्थापक एवं वरिष्ठ पत्रकार जीवन भण्डारीले मिडियामा एआईको बढ्दो प्रभाव, यसका अवसर, चुनौती र मल्टिमिडिया सामग्री उत्पादनमा एआई टुल्सहरूको व्यावहारिक प्रयोगबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।