अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

रास्वपा स्याङ्जाको अध्यक्षमा पुनः भण्डारी

 
वालिङ, २५ जेठ । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाको प्रथम जिल्ला अधिवेशनबाट रुक्मागत भण्डारी (विश्वास) पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन् । पुतलीबजार नगरपालिका–१ स्थित सिटीहलमा सम्पन्न अधिवेशनमा सभापति र उपसभापति पदका लागि निर्वाचन भएको थियो । कुल ३१४ मत मध्ये निर्वाचित अध्यक्ष भण्डारी २८४मत सहित निर्वाचित हुनुभएको हो । 
सभापति पदका अर्को प्रतिस्पर्धी उपेन्द्र अर्याललाई २६० मतान्तरले पराजित गर्दै भण्डारीले नेतृत्व दोहो¥याउन सफल हुनुभएको हो । उहांका प्रतिस्पर्धी उपेन्द्र अर्यालले २४ मत प्राप्त गर्दा ६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यसअघि भण्डारी नै जिल्ला सभापतिको जिम्मेवारीमा रहनुभएको थियो । 
यस्तै, चार जनाको उम्मेदवारी परेको उपसभापति पदमा उमा फुयाल १४५ मतसहित विजयी हुनुभएको छ । उहांसँग प्रतिस्पर्धामा रहेका श्रीराम घिमिरेले १००, शान्ता अर्यालले ३३ र रामप्रसाद भुसालले २६ मत प्राप्त गर्नुभयो । अधिवेशनले अन्य पदाधिकारी र सदस्यहरू निर्विरोध चयन गरेको रास्वपा स्याङ्जाले जनाएको छ । अधिवेशनबाट सचिवमा प्रसन्न पौडेल र सहसचिवमा जिल्ला संगठन विभाग प्रमुख टुकराज अर्याल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा पिताकुमारी खनाल, टंकप्रसाद न्यौपाने, देवीप्रसाद रेग्मी, डोलराज लम्साल र चण्डिकाप्रसाद सापकोटा चयन भएको प्रमुख निर्वाचन अधिकृत संघीय सांसद तथा पार्टीका केन्द्रीय संगठन विभाग सदस्य झविलाल डुम्रेले जानकारी दिनुभयो । त्यस्त्ै दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर १ को सभापतिमा सूर्यप्रसाद पौडेल र क्षेत्र नम्बर २ को सभापतिमा जगदीश गैह्रे चयन भएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...