समाचार
राप्रपाको वालिङ नगर अध्यक्षमा बगाले चयन
रेडियो आँधीखोला
वालिङ, २५ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वालिङ नगरपालिकाको छैटौं नगर अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले लोकनाथ बगालेको अध्यक्षतामा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नगर अधिवेशनको सभापतित्व युक्त प्रसाद तिवारीले गर्नुभएको थियो भने कार्यक्रममा राप्रपाका नेता धनप्रसाद गुरुङ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। त्यसैगरी कार्यक्रममा पार्टीका जिल्ला कार्यवाहक अध्यक्ष ईश्वर र जिल्ला महिला संगठनका अध्यक्ष लगायतका नेता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थिया े। अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङसहितका विशिष्ट अतिथिहरूले समसामयिक राजनीतिक अवस्था, पार्टीको एजेन्डा र स्थानीय तहमा सङ्गठन सुदृढीकरणको आवश्यकतामाथि प्रकाश पार्दै आफ्ना भनाइहरू राख्नुभएको थियो।
अधिवेशनले नगर कार्यसमितिमा व्यापक हेरफेर गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पेको छ। जसअनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र मल्ल र दिपकला गैह्रे चयन हुनुभएको छ । सचिवमा प्रकाश डुम्रे, कोषाध्यक्षमा बिनिता मल्ल चयन हुनुभएको छ भने अन्य सदस्य रहेका छन् ।