अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

नेपाल विमा प्राधिकरणद्धारा पत्रकारसंग छलफल

news

 
रेडियो आँधीखोला
वालिङ, २७ जेठ । 
नेपाल बिमा प्राधिकरण प्रदेश कार्यालय पोखराको आयोजनामा वालिङमा मंगलबार बिमा सचेतना तथा अन्तक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जा साखाका अध्यक्ष प्रदिप कोईरालाले बिमा प्राधिकरणले जिवन बिमा र निर्जिवन बिमा अहिले निकै अपरिहार्य जस्तै बनेको बताउँदै बिमा गर्दा बिमाका विषयमा राम्ररी बुझेर गर्नुपर्ने बताउनुभयो । 
साथै अध्यक्ष  कोईरालाले कृषि तथा पशु बिमा प्रति नागरिकलाई आर्कषित गर्ने सहज खालका कार्यक्रम प्राधिकरणले ल्याउनुपर्ने बताउनुभयो । बिमा कार्यक्रम गरिब तथा विपन्न र न्युन वर्गिय किसानको पहुँचमा पनि पुग्ने खालको हुनपर्ने बताउँदै प्राधिकरणले पत्रकारको लागि सचेतना कार्यत्रम प्रदान गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष ओमप्रकाश शमाले बिमा समिति हुँदै बिमा प्राधिकरणको रुपमा प्रदेशबाट नागरिकलाई सेवा प्रदान गरेको प्राधिकरणले कृषि तथा पशु विमामा झन्झट हुने गरेको गुनासो आईरहेको भन्दै यसलाई सहजीकरण गर्नुपर्ने बताउनुभयो । 
त्यस्तै शिखर इन्स्योरेन्सका साखा प्रमुख शंकर सुवेदीले बिमा कार्यक्रममा नागरिकलाई आर्कषित गर्न सहज सेवा सुविधा ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल बिमा प्राधिकरणका प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । उहाँले बिमाको प्रकार, बिमा पहुँचलगायतको विषयमा सहजीकरण गर्नुभएको थियो । जिवन बिमाको तुलनामा निर्जिवन बिमामा कम आर्कषण देखिएको उहाँले बताउनुभयो । 
 
विषेश गरी पशु तथा कृषि बिमामा कृषकहरुलाई आर्कषित गर्नुपर्ने भन्दै बिमाले जोखिम बहन गर्ने भएकाले व्यवसायिक रुपमा अगाडि बढेका कृषकहरुले बिमा गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले बिमा कार्यक्रमलाई व्यवस्थापन गर्न डिजिटल प्रविधिको विकास गरेको भन्दै यसले कृषकले मोबाईलबाट बिमा गर्न सक्ने र वास्तविकताको आधारमा सरकारले क्षतिपुर्ति दिने बताउनुभयो । 
कार्यक्रम प्रमुख मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सहायक निर्देशक कविता पाण्डे र संचालन बलराम  लामिछानेले गर्नुभएको थियो । विभिन्न जिवन तथा निर्जिवन बिमा कम्पनीहरुलाई हेर्ने नेपाल बिमा प्राधिकरण रहेकाले बिमा कम्पनीले भुक्तानीमा चित्त नबुझे वा अन्य किसिमका दुख दिए सिधै प्राधिकरणको कार्यालयमा इमेल वा फोन गरेर निवेदन गर्न सक्नेछन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...