समाचार
रेग्मीको विदाई तथा गरिव र जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति
वालिङ, २८ जेठ ।
त्रिभुवन आदर्श माध्यमिक विद्यालयले निवर्तमान प्राचार्य मुक्तिप्रसाद रेग्मीको विदाई तथा गरिव र जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यालयबाट निवृत्त हुनुभएका प्रअ रेग्मीलाई र विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी मन्चका अध्यक्ष दिपक लम्सालले विद्यार्थीहरुमा छात्रवृत्ति वितरणले हौसला प्रदान हुने बताउनुभयो ।
उहाँले विद्यार्थीहरुलाई संस्कार, अतिरिक्त क्रियाकलापहरु र अन्य ज्ञानहरुमा जोड दिनुपर्ने बताउदै ४ जना विद्यार्थीहरुले ४ जिपीए प्राप्त गरी गण्डकी प्रदेशमै उच्च प्रसंसा पाएको बताउनुभयो । कार्यक्रममा निवर्तमान प्राचार्य मुक्तिप्रसाद रेग्मी शिक्षक अभिभावक संघका अध्यक्ष चिरन्जीवी ढकाल, शिक्षकदोय अमृत रेग्मी र शान्ति रेग्मी र जनप्रतिनिधी विष्णुकुमार श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौसिल्ला पौडेल क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक प्रअ विष्णु पोख्रेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका प्रअ प्रेम पौडेलले राख्नुभएको थियो । कार्यक्रममा विभिन्न अक्षयकोषबाट प्राप्त १ लाख व्याजबाट गरिब, जेहन्दार र दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जानकारी दिएको छ ।