अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोटमा ५० प्रतिशत अनुदानमा कृषकलाई फलफूलका विरुवा वितरण

news

 
रेडियो आँधखोला
वालिङ, २८ जेठ । 
भीरकोट नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा वितरण गरेको छ । नगरपालिकाले फलफूल साझेदारीमा बेर्ना वितरण कार्यक्रम अन्र्तगत रहेर सुन्तला, कागती, आँप, लिचि, एभोकाडो र चित्तलचिनिका विरुवा वितरण बुधबारदेखि शुरु गरेको हो । यसअघि नगरपालिकाले व्यवसायिक कृषक तथा सामान्वय कृषकहरुबाट माग आवेदन संकलन गरेको थियो । 
सोहि मागको आधारमा कृषकलाई बेर्ना वितरण शुरु गरिएको नगरपालिका कृषि साखा प्रमुख श्रवणकुमार विष्टले बताउनुभयो । बेर्ना वितरण कार्यक्रम एक हप्तासम्म लाग्नेछ । कृषकले कलमी सुन्तला र कागतीका बेर्ना ७५ रुपैँयामा, बिजु बर्ना ५० रुपैँयामा अर्थात ५० प्रतिशत अनुदानमा प्राप्त गरेका छन् । त्यस्तै आँप, लिचि, अम्बाको बेर्ना ५० रुपैँयामा प्राप्त गरेका छन् भने एभोकाडो र सितलचिनीका बेर्ना ६० रुपैँयामा प्राप्त गरेका छन् । 
कलमी सुन्तला र कागतीको बेर्नालाई १५०, बिजुलाई १००, आँप, लिचि, अम्बाको बर्ना १००, एभोकाडो र सितलचिनिका बेर्नालाई ११० रुपैँया पुर्ण मुल्य पर्छ भने कृषकले  ५० प्रतिशत अनुदानमा अर्थात आधा रकममा बेर्नाहरु प्राप्त गरेका हुन् । नगरपालिकाले हरेक वर्ष कृषकहरुलाई फलफूलका बेर्ना वितरण गर्दै आएको छ । यो वर्ष नगरपालिकाले साझेदार परियोजनासंग सहकार्य गरी तरबुजा खेति समेत गरेको थियो । यसबाट राम्रो फल दिएपछि यो खेतिमा कृषकहरु प्रोत्साहित भएका छन् । विषेश गरी नदी किनारमा भीरकोट नगरपालिकाले तरबुजा खेति गरेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...