अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ट्रिपर दुर्घटनामा एकको मृत्यु, एक घाईते

 
वालिङ २७ जेठ ।
स्याङ्जाको चापाकोट ४ पुम्दीमा आज साँझ ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी म्याग्दीको मालिका गाउँपालिका ५ का २३ वर्षीय तिलक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
साँझ ६ बजे ट्रिपर दुर्घटना हुँदा घाईते भएका परियारलाई उपचारकालागि वालिङस्थित गह«ौं प्राथमिक अस्पताल ल्याईएकोमा चिकित्सकले ७ बजे मृत घोषणा गरेका थिए । सोही ट्रिपरमा रहेका म्याग्दीकै मालिका ५ का १८ वर्षीय करन परियार घाईते हुनुभएको छ । उहाँलाई हात र खुट्टामा सामान्य चोट लागेको छ । उहाँको गह«ौं प्राथमिक अस्पतालमै उपचार भईरहेको छ ।
चापाकोट ४ मल्याङकोटबाट सोही वडाको घुर्लीचौर जाने सडक निर्माणलागि बालुवा बोकेर जाँदै थियो । ग १ क ४४४६ नम्बरको ट्रिपर उकालो बाटो चिप्लो भई सडकबाट झण्डै एकसय मिटर तल खसेको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो । घटनास्थलबाट ट्रिपर चालक फरार रहेकाले खोजी कार्य भईरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको सूचना अधिकारी अवस्थीले बताउनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...