अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा श्याम स्मृति फुटबल प्रतियोगिता सुरु

news

 
रेडियो आँधीखोला,
वालिङ २८ जेठ ।
स्याङ्जाको वालिङमा श्याम स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ । वालिङ युवा क्लवद्वारा आयोजित फुटबल प्रतियोगिता असार १ गतेसम्म चल्ने छ । वालिङ ८, वालिङ बजारका श्याम थापाको २०५१ असार २३ गते वालिङ खेलमैदानमा फुटबल खेलिरहेका बेला चट्याङ लागेर निधन भएको थियो । उहांको सम्झनामा क्लवले फुटबल प्रतियोगिता आयोजना गरेको हो ।  स्वर्गीय थापाकी श्रीमती तथा रेडियो आँधीखोला एफएमका अध्यक्ष शान्ता थापाले प्रतियोगिताको विहिबार वालिङ खेलमैदानमा उद्घाटन गर्नुभएको थियो । 
 
प्रतियोगिताको उद्घाटन गर्दै थापाले खेलकुदहरु मध्ये फुटबल एक महत्वपूर्ण र विश्वकै लोकप्रिय खेल भएको बताउनुभयो । उहांले उफुटबल खेलको माध्यमबाट धेरै युवाहरुले आफ्नो व्यक्तित्व विकाससँगै राष्ट्रको लागि योगदान दिन सफल भएको उल्लेख गर्नुभयो । वालिङ क्षेत्रबाट पनि दर्जनौं राष्ट्रिय खेलाडीहरु उत्पादन भएको व्यक्त गर्दै थापाले सहभागी प्रतियोगी टीमहरुलाई खेलको नियम, अनुशासन र मर्यादामा रहेर आफ्नो खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो  । क्लवले श्याम स्मृति फुटबल प्रतियोगिता सञ्चालनमा ल्याएर आफ्नो श्रीमान प्रति सम्मान सहित श्रद्धाभाव प्रकट गरेकोमा आयोजक क्लवलाई धन्यवाद दिदै  आभार व्यक्त गर्नुभयो । साथै क्लव प्रति आफू र आफ्नो परिवारबाट सधैं साथ र सहयोग रहिरहने थापाले थापाले बताउनुभयो ।
 
२०५२ सालदेखि सञ्चालनमा ल्याइएको प्रतियोगिता २०५७ मा छैटौं पटक सञ्चालन भएपछि हुन सकेको थिएन । उक्त श्याम स्मृति फुटबल प्रतियोगितालाई निरन्तरता दिने र स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता सञ्चालनमा ल्याइएको आयोजक वालिङ युवा क्लवका अध्यक्ष केशरबहादुर थापा -राजन) ले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि संस्थागत एवम् व्यक्तिगतरुपमा सहयोग पु¥याउनेहरु प्रति धन्यवाद दिदै अध्यक्ष थापाले क्लवको तर्फबाट आभार व्यक्त गर्नुभयो ।
 
वालिङ खेलमैदानमा भएको श्याम स्मृति फुटबल प्रतियोगिताको उद्दघाटनका दिन दिन दुई खेल भएका छन् । पहिलो खेल ट्रिनिटी युवा क्लव वालिङ र सामाज सुधार युवा क्लव चापाकोट बीच भएको थियो । पहिलो खेलमा ट्रिनिटी युवा क्लव वालिङले अगाडिको यात्रा तय गरेको छ । ट्रिनिटिले सामाज सुधार युवा क्लव चापाकोटलाई ७ गोल गर्दै सुरुवाती जीत निकालेको हो । चापाकोटले १ गोल गरेको थियो ।  यसैगरी स्पन्दन युवा क्लव भकुण्डे र नवप्रभात युवा क्लव विपीचोकबीच भएको दोस्रो खेल भएको थियो । स्पन्दन क्लबले ४ गोल गरेको छ भने नवप्रभात युवा क्लबले २ गोल गरेको  छ । स्पन्दनले ४ गोल गरेसंगै आफ्नो अगाडिको यात्रा तय गरेको थियो । 
 
प्रतियोगिताका विजेताले नगद रु.१ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेता हुने टीमले नगद रु.५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रथम पुरस्कार सौजन्य हाल यूके रहनुभएका माँझकोटका खिम गुरुङले गर्नुभएको छ भने स्वर्गीय श्याम थापाका पिता घने थापाले सौजन्य गर्नुभएको छ । प्रतियोगिताको मुख्य प्रायोजक एवम् संरक्षक वालिङ नगरपालिका रहेको छ । प्रतियायेगितामा स्याङ्जा सहित पाल्पा, पर्वतका १० टिमको सहभागिता रहेको छ । 
 
प्रतियोगिताबाट वचत भएको रकमले विशेष गरी ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी खुल्ला व्यायामशाला निर्माण गर्ने योजना रहेको प्रतियोगिताका आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...