समाचार
वालिङ नगरपालिकामा “लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यक्रम
वालिङ, २९ जेठ ।
वालिङ नगरपालिकामा आजदेखि “लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण“ (न्भ्म्क्क्ष् ब्गमष्त) सम्बन्धी दुई दिने समीक्षा तथा मूल्याङ्कन कार्यक्रम सुरु भएको छ ।
वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजना तथा स्थानीय सरकार सबलीकरण (ब्गकतचबष्बिल ब्ष्म र त्जभ ब्कष्ब ँयगलमबतष्यल) को सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको हो। कर्यक्रममा उपप्रमुख कविता तिवारीले नगरपालिकाले हरेक बजेट समावेशीमुलक निर्माण गर्दै आएको भन्दै अबको बजेट पनि समावेशी हुने बताउनुभयो । लैंगिक समानता र अपांगता तथा सामाजिक समावेशीकरण मुलक बजेट निर्माण गरी विकास तथा नितिगत तहमा समतामुलक सहभागिता गराईने उपप्रमुख तिवारीले बताउनुभयो । कार्यक्रमको सहजीकरण एवं प्रशिक्षण मुख्य प्रशिक्षक पूर्ण परियारले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममार्फत वालिङ नगरपालिकाका विद्यमान नीति, योजना, बजेट तथा सेवा प्रवाहमा लैङ्गिक समानता, अपाङ्गता मैत्रीता र सामाजिक समावेशीकरणको अवस्थाबारे गहन समीक्षा गरिएको छ । कार्यक्रममा आगामी दिनहरूमा यस क्षेत्रमा गर्न सकिने सुधारका सम्भावित पाटाहरूको पहिचान समेत गरिएको छ ।
सामाजिक समावेशीकरणलाई संस्थागत गर्दै “व्यक्ति एवं समूहको अवसर, क्षमता र सेवा सुविधामा पहुँच बढाउनका लागि संस्थागत बाधा अवरोधहरू हटाउनु“ र “समतामूलक रूपले सेवा प्रवाह गर्ने नीति तथा वातावरण” निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । यसले विशेषगरी गरीब तथा बञ्चितीकरणमा परेका समुदायलाई समेट्ने लक्ष्य राखेको छ । कार्यक्रम भोलि जेठ २९ गतेसम्म जारी रहनेछ ।