समाचार
स्याङ्जाका स्थानीय तहलाई ४ अर्ब ५८ करोड बजेट विनियोजन
वालिङ, २९ जेठ ।
स्याङ्जाका स्थानीय तहले आर्थिक वर्ष २०८३।८४ का लागि सङ्घीय सरकारबाट ४ अर्ब ५८ करोड ९३ लाख विनियोजन गरेको छ । जिल्लाका पालिकालाई विनियोजन भएको बजेट आर्थिक वर्ष २०८२।८३ भन्दा २९ करोड ८८ लाख कम हो ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२।८३ मा स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ७५ करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको थियो । सबैभन्दा बढी पुतलीबजार नगरपालिकाले र सबैभन्दा कम फेदीखोला गाउँपालिकालाई विनियोजन गरिएको छ । पुतलीबजारलाई जम्मा ५९ करोड २७ लाख विनियोजन गरेको छ भने कम रहेको फेदिखोलालाई गाउँपालिकालाई २७ करोड ३६ लाख विनियोजन भएको छ ।
यसरी समग्रमा स्याङजा जिल्लाको ११ स्थानीय तहहरुमा ४ अर्व ५८ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन गरीएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १ अर्व १२ करोड २३ लाख, सशर्त अनुदानअन्र्तगत ३ अर्व १३ करोड १९ लाख, विशेष अनुदानमा १५ करोड १४ लाख र समपुरक अनुदान १८ करोड १० लाख विनियोजन भएको छ ।
वालिङ नगरपालिकालाई जम्मा ६१ करोड १६ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १५ करोड २९ लाख, सशर्त अनुदानअन्तर्गत ४४ करोड २७ लाख र समपुरक अनुदान १ करोड ६० लाख पाउने छ ।
गल्याङ नगरपालिकालाई जम्मा ५३ करोड ३६ लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १२ करोड ६५ लाख, सशर्त अनुदानअन्तर्गत ३९ करोड ६ लाख, विशेष अनुदानमा ३ करोड ३० लाख र समपुरक अनुदानमा १ करोड ३५ लाख पाउने छ ।
त्यस्तैगरी चापाकोट नगरपालिकालाई जम्मा ४६ करोड ९४ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १० करोड ३३ लाख, सशर्त अनुदानअन्तर्गत ३३ करोड २५ लाख, विशेष अनुदानमा १ करोड ८० लाख र समपुरक अनुदानमा १ करोड ५६ लाख रहेको छ । पुतलीबजारलाई समानीकरण अनुदानमा रु १४ करोड १४ लाख, सशर्त अनुदानअन्तर्गत ४० करोड २९ लाख, विशेष अनुदानमा २ करोड २५ लाख र समपुरक अनुदानमा २ करोड ५९ लाख पाउने छ ।
त्यस्तै भीरकोट नगरपालिकालाई जम्मा ३९ करोड ८३ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ९ करोड ९५ लाख, सशर्त अनुदानअन्तर्गत २८ करोड ३ लाख, विशेष अनुदान १ करोड ३५ लाख र समपुरक अनुदानमा ५० लाख रहेको छ । अर्जुनचौपारी गाउँपालिकालाई २९ करोड ४ लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ८ करोड १० लाख, सशर्त अनुदानअन्तर्गत १९ करोड ६४ लाख र समपूरक अनुदानमा १ करोड ३० लाख रहेको छ ।
त्यस्तैगरी आँधिखोला गाउँपालिकालाई ३४ करोड ६८ लाख विनियोजन भएको छ । भने विरुवा गाउँपालिकालाई ३६ करोड ३९ लाख विनियोजन भएको छ । त्यस्तैगरी हरिनाश गाउँपालिकालाई ३१ करोड ९६ लाख विनियोजन भएको छ ।