अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

जेडसि सम्बन्धी अडिट तथा मूल्यांकन कार्यक्रम

news

 
 
रेडियो आँधीखोला,
वालिङ २९ जेठ ।
वालिङ नगरपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण -न्भ्म्क्क्ष्) सम्बन्धी अडिट तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ । वालिङ नगरपालिकाको आयोजना तथा स्थानीय सरकार सबलीकरण -ब्गकतचबष्बिल ब्ष्म र त्जभ ब्कष्ब ँयगलमबतष्यल) को सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्थानीय तहका नीति, योजना, बजेट विनियोजन, कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहमा लैङ्गिक समानता, अपाङ्गता मैत्रीता र सामाजिक समावेशीकरणको वर्तमान अवस्थाको समीक्षा गरिएको थियो । साथै संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा समावेशी विकाससम्बन्धी राष्ट्रिय नीतिको मर्म अनुसार नगरपालिकाले अवलम्बन गरेका अभ्यासहरूको मूल्याङ्कन गर्दै सुधार गर्नुपर्ने क्षेत्रहरूको पहिचान गरिएको छ ।
दुईदिने अडिट तथा मूल्याङ्कन प्रक्रियाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाति तथा अन्य सीमान्तकृत समुदायको नीति निर्माणदेखि सेवा प्राप्तिसम्मको पहुँच र सहभागिता थप प्रभावकारी बनाउन आवश्यक सुझावहरू प्रदान गरिएको थियो । 
समावेशी, उत्तरदायी र नागरिकमैत्री स्थानीय शासन प्रवद्र्धन गर्दै सबै नागरिकको समान अवसर, पहुँच र सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागितामा रहेको थियो भने सहजीकरण द एसिया फाउण्डेसनका प्रदेश संयोजक पुर्ण परियारले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...