समाचार
श्यामस्मृति फुटबलको क्वाटरफाइनल समीकरण पूरा, आजदेखि सेमिफाइनल खेलहरू हुने
रेडियो आँधीखोला
वालिङ, ३१ जेठ ।
स्याङ्जाको वालिङ खेलमदैनमा जारी “श्यामस्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् छ । वालिङ युवा क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न क्वाटरफाइनल खेलहरूसँगै अन्तिम चारणमा पुग्ने टोलीहरूको टुंगो लागेको हो।
हिजोको पहिलो खेलमा भकुण्डे युवा क्लब र स्याङ्जा युथ क्लब बीच प्रतिस्पर्धा भएको थियो । स्याङ्जा युवा क्लबले ४ गोल गर्दै विजयी भएको छ । दोस्रो खेल न्यू युनियन युथ क्लब पाल्पा र ट्रिनिटि क्लबबीच भएको थियो । जसमा पाल्पाले १ गोल गर्दा ट्रिनिटि क्लबले ३ गोल गर्दै जित आफ्नो पक्षमा पार्यो।
क्वाटरफाइनलका खेलहरू सकिएसँगै आजदेखि सेमिफाइनलका रोमाञ्चक भिडन्तहरू सुरु हुनेछन्। आज हुने पहिलो सेमिफाइनल खेलमा वालिङ युवा क्लब विरुद्ध स्याङ्जा युवा क्लब र दोस्रो सेमिफाइनलमा रामबाच्छा विरुद्ध ट्रिनिटि क्लब बीच हुनेछ ।