अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

बाँझो जमिन उपयोग गर्न १२५ रोपनीमा खुर्सानी खेती

news

 
वालिङ, ३१ जेठ । 
भीरकोट नगरपालिकाले अकबरे खुर्सानी खेती प्रवद्र्धन कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको छ । कृषिमा आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्ने उद्देश्यसहित स्थानीय तहहरूले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमअन्तर्गत यहाँ पनि अकबरे खुर्सानी खेती विस्तार गरिएको हो। नगरपालिकाका नौ वटै वडामा २६ वटा सामूहिक नर्सरी स्थापना गरी करिब एक लाख चार सय अकबरे खुर्सानीका बिरुवा उत्पादन गरिएको छ।
पालिकाले ती बिरुवा २७० जना कृषकलाई वितरण गरी करिब १२५ रोपनी क्षेत्रफलमा खेती विस्तार गरेको हो। यसले नगरपालिकाभित्र व्यावसायिक कृषि प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको नगरपालिकाले जनाएको छ।
परम्परागत खेती प्रणालीमा उत्पादनशील जमिन बाँझो रहने, जंगली जनावरको समस्या बढ्ने तथा अत्यधिक रासायनिक मल–विषादी प्रयोग हुने अवस्थाबिच नगरपालिकाले थालेको यो अभियान किसानका लागि नयाँ आशाको आधार बनेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताउनुभयो।
कार्यक्रमअन्तर्गत किसानलाई अभिमुखीकरण, समूह गठन, बीउ खरिद तथा वितरण, प्राविधिक सहजीकरण, रोग तथा किराको व्यवस्थापन, झोलमल तथा जैविक विषादी निर्माण तालिमलगायत गतिविधि सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो। हेफर प्रोजेक्ट नेपाल परियोजना अनुगमन तथा समन्वय समितिको निर्णयअनुसार एक रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्ने कृषकलाई मल्चिङ प्लास्टिकसमेत सहयोग गरिएको छ।
कृषि क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने स्थानीयले बताएका छन्। स्थानीय तह, विकास साझेदार संस्था र कृषकबीचको सहकार्यले बाँझो जमिनको उपयोग, रोजगारी सिर्जना तथा आयआर्जन वृद्धि गर्ने लक्ष्यलाई थप मजबुत बनाउने विश्वास भिरकोट नगरपालिका कार्यपालिका सदस्य तारा प्रसाद अर्यालले व्यक्त गर्नुभयो।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...