अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

श्याम स्मृति फुटबल प्रतियोगिताको उपाधि आयोजक वालिङलाई

news

 
रेडियो आँधीखोला
वालिङ, १ असार । 
स्याङ्जाको वालिङमा आयोजित श्याम स्मृति फुटबल प्रतियोगिताको उपाधि आयोजक वालिङ युवा क्लबले जितेको छ । जेठ २८ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक वालिङ युवा क्लब र रामबाच्छा युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो ।
दिउँसो ४ बजेदेखि सुरु भएको फाइनल खेलमा दुवै टोली उपाधिका लागि कडा प्रतिस्पर्धामा उत्रिएका थिए । रोमाञ्चक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ५० औँ मिनेटमा रामबाच्छा युवा क्लबका जर्सी नम्बर १७ का सुरज चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर वालिङले खेलमा पुनरागमन गर्दै ६३ औँ मिनेटमा जर्सी नम्बर ११ का आशिष गुरुङको गोलमार्फत बराबरी गरÞ्यो ।
निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त १० मिनेट समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । ट्राइब्रेकरमा रामबाच्छालाई वालिङले २ का विरुद्ध ४ गोल गर्दै उपाधि चुम्न सफल भएको हो ।
प्रतियोगिताको विजेता वालिङ युवा क्लबले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरÞ्यो भने उपविजेता रामबाच्छा युवा क्लबले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
वालिङ खेलमैदानमा भएको श्याम स्मृति खुल्ला फुटबल प्रतियोगितामा स्याङ्जा सहित पाल्पा र पर्वतका गरी १० टिमको सहभागिता रहेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...