अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

आगोले जलेर मृत्यु

news

 
वालिङ, ३ असार । 
स्याङ्जाको अर्जुनचौपारीमा आगोमा जलेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका १ रैते बस्ने ३९ वर्षीय थमबहादुर सार्की रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
 
आज अपरान्ह ४ बजेको समयमा सार्कीले आँफू सुत्ने कोठामा आँफैले आगो लगाउँदा जलेर गम्भीर घाईते भएपछि उपचारकालागि प्रदेश अस्पताल पुतलीबजार लगिएकोमा चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेका सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो । सार्कीको अनुहारको भाग जलेको गम्भीर अवस्थामा उद्दार गरी अस्पताल पु¥याईएको थियो । आगलागीबाट कोठामा भएका सामनहरुसमेत जलेर नष्ट भएका छन् ।
 
निज सुस्त मनस्थितिको र दैनिकरुपमा मादक पदार्थ सेवन गर्ने गरेको बुझिएकाले घटनाकाबारेमा थप अनुसन्धान सुरु गर्ने सूचना अधिकारी अवस्थीले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...