समाचार
महिला क्षमता विकास शसक्तिकरण तथा उदघोषण तालिम शुरु
रेडियो आँधीखोला
वालिङ, ५ असार ।
गल्याङ नगरपालिका वडा नं १० को आयोजनामा महिला क्षमता विकास शसक्तिकरण तथा उदघोषण तालिम शुक्रबारदेखि शुरु भएको छ । महिला शसक्तिकरण अन्र्तगत महिलाहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष मुक्तिप्रसाद खनालले बताउनुभयो । वडाले हरेक वर्ष महिला लक्षित कार्यक्रम अन्र्तगत विभिन्न सिपमूलक तालिमहरु र क्षमता विकासका तालिमहरु निरन्तर गर्दै आईएको अध्यक्ष खनालले बताउनुभयो ।
महिलाहरु आर्थिक, सामाजिक तथा राजनितिक रुपमा सबल भएमा समाज तथा राष्ट्र सबल बन्ने उहाँले बताउनुभयो । तालिममा ९ वटा टोलका २७ जनाको सहभागिता रहेको छ । तालिममा मुख्य प्रशिक्षकको रुपमा रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तोलाकान्त बगाले रहनुभएको छ । तालिम पर्सी ७ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा स्वागत वडा सदस्य सरस्वति खनालले गर्नुभएको थियो भने संचालन सचिव रमेश अर्यालले गर्नुभएको थियो ।