अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

तीन दिने उद्घोषण तालिम सकियो

news

 
रेडियो आँधीखोला
वालिङ, ८ असार । 
गल्याङ नगरपालिका १० नं वडाको आयोजनामा महिला सशक्तिकरण, क्षमता विकास तथा उद्घोषण तालिम सकिएको छ ।
तालिमको समापनका अवसरमा बोल्नुहुँदै गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले यसप्रकारका तालिमले महिला दिदीबहिनीहरुको क्षमता विकास सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले महिला दिदीबहिनीको मागका आधारमा नगर तथा वडाले क्षमता विकास तथा उत्पादनसित जोडिने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि महिला दिदीबहिनीहरुको मागलाई सम्बोधन हुने कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले तालिममा सिकेका कुरालाई आफ्नो जीवनमा पनि प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका १० नं वडा अध्यक्ष मुक्तिप्रसाद खनाल, का पूर्व वडा अध्यक्ष ध्रुबप्रसाद शर्मा पंगेनी, वडा सदस्य सरस्वती खनाल, सहभागीहरु दुर्गा पल्ली, मिनु गाहा मगरले आ–आफ्नो धारणा राख्नुभएको थियो । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...