अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

राप्रपा स्याङ्जा क्षेत्र नं। २ को क्षेत्रीय अधिवेशन सम्पन्न, धर्मराज न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

news

 
 
वालिङ, ८ असार । 
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० स्याङ्जा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन सोमबार सम्पन्न भएको छ। अधिवेशनले धर्मराज न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ क्षेत्रीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।
अधिवेशनको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै राप्रपाका नेता धनप्रसाद गुरुङले पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणको आवश्यकतामाथि जोड दिनुभयो। उहाँले देशको वर्तमान राजनीतिक परिस्थितिमा राप्रपाको एजेन्डा झन् सान्दर्भिक बन्दै गएको उल्लेख गर्दै स्थानीय तहदेखि नै पार्टीलाई बलियो बनाउन सबै कार्यकर्ता एकजुट हुनुपर्ने बताउनुभयो।
 
कार्यक्रममा गल्याङ, वालिङ, चापकोट र भीरकोट नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका पार्टी अध्यक्षहरूले आ(आफ्नो क्षेत्रमा पार्टीको प्रभाव विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, देवीलाल पाण्डे, युवा नेता प्रकाश डुम्रे र महिला नेतृ बेनीकला बस्याल लगायतले मन्तव्य राख्दै पार्टी निर्माणमा युवा र महिला शक्तिको भूमिका महत्त्वपूर्ण रहने कुरामा जोड दिनुभयो।
क्षेत्रीय अध्यक्ष पूर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा कार्यकर्ताहरूलाई क्षेत्रीय उपाध्यक्ष विजय बस्नेतले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुष्पकमल रेग्मीले गर्नुभएको थियो। नयाँ कार्यसमिति गठन भएसँगै स्याङ्जा क्षेत्र नम्बर २ मा राप्रपाको सांगठनिक गतिविधिले थप गति लिने विश्वास लिइएको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...