अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङको ग्याँस डिलरको अनुगमन, छैन मुल्यमा एकरुपता

news

 
रेडियो आँधीखोला 
वालिङ, १० असार । 
मंगलबार वालिङमा ग्याँस डिलर तथा फुटकर पसलहरुको अनुगमन गरिएको छ । वालिङ नगरपालिकाले ईलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय, उपभोक्ता मञ्च र पत्रकारको संलग्नतामा यहाँका विभिन्न कम्पनीका ग्याँस डिलरहरुको अनुगमन गरेको हो । 
खाना पकाउने एलपि ग्याँसको मुल्य फरक फरक भएको गुनासो आएपछि नगरपालिकाले अनुगमन गरेको हो । यहाँ रहेका शक्ति, गृहलक्ष्मी, सिद्धार्थ कम्पनीका ग्याँस डिलहरुको अनुगमन गरिएको अनुगमन टोली संयोजक तथा नगरपालिका प्रशासन साखा प्रमुख नारायणप्रसाद रेग्मीले बताउनुभभयो । 
उहाँले भन्नुभयो, “बजारमा अहिले आधा ग्याँस सिलिन्डरहरु छन् । ति आधा ग्याँस सिलिण्डरहरुको पनि उपभोक्ताहरुले फरक फरक मुल्यमा उपभोग गर्नुपरेको गुनासो आएपछि हामीले अनुगमन गरेका हौँ ।” अनुगमनका क्रममा यहाँका ग्याँस डिलरहरुले फरक फरक मुल्यमा विक्रि गरेको, मुल्य सूचि नराखेको, पसल नगरपालिकामा दर्ता तथा नविकरण नगरेको, उपभोक्तालाई बिल नदिईएको भेटिएकाले तत्कालका लागि सचेत गराईएको अनुगमन संयोजक रेग्मीले बताउनुभयो । 
ग्याँस तथा अन्य उपभोग्य सामानहरुको खरिदमा उपभोक्ताहरुले पनि बिल लिने र व्यापारीेले पनि बिल दिने गर्नुपर्ने भन्दै बिना बिलको सामान खरिदले उपभोक्ता र व्यापारी दुवै पक्षलाई राम्रो नहुँने संयोजक रेग्मीले बताउनुभयो । ग्याँसका तौल सहि भएपनि पसल अनुसार ग्याँसको मुल्य फरक फरक भटिएकाले मुल्य एकरुपताका लागि सचेत गराईएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...