अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

आँधीखोलाको बजेट ६१ करोड ६२ लाख

news

 
रेडियो आँधीखोला,
वालिङ १० असार ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ६१ करोड ६२ लाख रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरिएको छ । 
कुल ६१ करोड ६२ लाख रुपैयाँको बजेटमध्ये विकास निर्माण अर्थात् पूँजीगत खर्चका लागि १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यका लागि ७ करोड २३ लाख र सामाजिक तथा लैंगिक समावेशीकरणका कार्यक्रमका लागि ८ करोड ४२ लाख रुपैयाँ छुट्टाइएको छ । माथिल्लो सरकारबाट हस्तान्तरण भई आएका सशर्त कार्यक्रमका लागि भने २७ करोड ४७ लाख रुपैयाँ खर्च हुने वक्तव्यमा उल्लेख छ ।
आम्दानी तर्फ, कर तथा महसुल सहित आन्तरिक आयबाट १३ करोड ३२ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । बजेटको ठूलो हिस्सा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ । जस अन्तर्गत संघीय सरकारबाट कुल ४१ करोड ७७ लाख र गण्डकी प्रदेश सरकारबाट २ करोड ८२ लाख रुपैयाँ बराबरको विभिन्न अनुदान र राजस्व बाँडफाँड प्राप्त हुने लक्ष्य राखिएको छ । सामाजिक सुरक्षा भत्ताको रकम भने लाभग्राहीको खातामा सिधै जाने भएकाले यस पटक बजेटको कुल अंकमा समावेश गरिएको छैन ।
यस वर्षको बजेटले स्थानीय स्तरमा बेरोजगारी समस्या हटाउन कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। æकृषक अनुकूल परिस्थितिæ निर्माण गर्दै आधुनिक खेती प्रणाली र उत्पादनमुखी नीति लागू गरेर स्वरोजगारीका अवसरहरू सिर्जना गरिने बजेट वक्तव्यमा जनाइएको छ।
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...