अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

बिरुवा गाउँपालिकाको आगामी बजेट ५१ करोड ६२ लाख

news

 
रेडियो आँधीखोला,
वालिङ १० असार ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले १९ औं गाउँसभा एवम् बजेट अधिवेशन सम्पन्न गरेको छ । गाउँ कार्यपालिकाले १९ औं गाउँसभा एवम् आर्थिक वर्ष २०८३/०८४ को बजेट अधिवेशन सम्पन्न गरेको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८३/०८४  को लागि ५१ करोड ६२ लाख ६८ हजार ३ सय ८४ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकिछन् । अहिलेको बजेट आर्थिक वर्ष २०८२/०८३ को भन्दा ३ करोडले बढि हो । 
 
गाउँपालिकाका उपाध्यक्ष शर्माद्वारा प्रस्तुत अनुमानित बजेट सर्वसम्मतले पारित भएको हो । जस अन्तर्गत नेपाल सरकारबाट वित्तीय समानिकरण अनुदान तर्फ ८ करोड ५५ लाख, नेपाल सरकार बाट सशर्त अनुदान तर्फ २४ करोड ५७ लाख, सङ्घीय  राजश्व बाँडफाँट तर्फ ७ करोड ४७ लाख अनुमान गरिएको छ । यसैगरी प्रदेश वित्तीय समानिकरण अनुदान तर्फ १ करोड ६ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँटतर्फ ७४ लाख ७४ हजार, प्रदेश समपूरक अनुदान तर्फ रु. ६० लाख, प्रदेश विशेष अनुदान रु. ४० लाख रहेको छ ।
 
सङ्घीय विशेष अनुदानतर्फ रु.९८ लाख र सङ्घीय समपूरकतर्फ २ करोड २९ लाख अनुमान गरिएको छ । बचत रु.३ करोड ८६ लाख र आन्तरिक आयश्रोत तर्फ १ करोड ८ लाख १३ हजार प्राप्त हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ रु. ३६ करोड ७२ लाख २१ हजार ३ सय ८४ प्रस्ताव गरिएको छ । यो कूल बजेटको ६९.७३ प्रतिशत हुनु आउँछ । यसमध्ये बाट गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण कर्मचारी र शिक्षकहरुको तलव भत्ता तथा कार्यालय सञ्चालन खर्चसमेत प्रस्ताव गरिएको छ । यसैगरी चालु खर्च तर्फ नै जनप्रतिनिधिहरुको सेवा सुविधासमेत प्रस्ताव गरिएको छ ।
 
यस्तैगरी पूजीगत खर्च तर्फ आर्थिक विकास क्षेत्रमा  १३.३३ प्रतिशत, सामाजिक विकास क्षेत्रमा २६.८५ प्रतिशत, भौतिक पूर्वाधारमा ५१.४७ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा ४.१४ प्रतिशत, संस्थागत विकास तथा सेवा प्रवाहमा ४.२१ प्रतिशत गरी कूल १५ करोड ६२ लाख ४७ हजार विनियोजन गरिएको छ । यो कूल बजेटको ३०.२८ प्रतिशत हुन आउँछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...