समाचार
वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा ३ जनाको उम्मेदवारी
रेडियो आँधीखोला,
वालिङ १४ असार ।
वालिङ उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि ३ जना अध्यक्ष सहित १६ पदको लागि ५२ जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र ९ जना सदस्य गरी १६ पदका लागि ५२ जनाले उम्मेद्धवारी दर्ता गरेका हुन् । संघको ९औँ अधिवेसनको अध्यक्ष पदमा अनुपमा ढुंगाना तिवारी, खगेन्द्रप्रसाद अर्याल र खगुपति न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ ।
तिवारी यसअघि संघको वरिष्ठ उपाध्यक्ष, अर्याल उपाध्यक्ष र न्यौपाने कोषाध्यक्ष रहनुभएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश अर्याल, शंकर डुम्रे र प्रकाश अर्यालको उम्मेदवार परेको छ । त्यस्तै उपाध्यक्ष पदमा मैयादेवि पौडेल, शिव पंगेनी र सुविन्द्र गुरुङको उम्मेदवारी परेको छ भने महासचिवमा पिताम्बर खनाल, विमल अर्याल, प्रकाश अधिकारी र खिमानन्द पराजुलीको उम्मेदवारी परेको छ भने सचिवमा सावित्रि रेग्मी, अशोक पौडेल, दुर्गाकुमारी न्यौपानका उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा केशव पराजुली, खुमबहादुर विर्कट्टा थापा र चिरञ्जिीवी रेग्मी, सहकोषाध्यक्षमा गोविन्द तिवारी, मणिप्रसाद पाण्डे र लोकप्रसाद काफ्लेको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि ३ जना, वरिष्ठ उपाध्यक्ष पदका लागि ३ जना, उपाध्यक्ष पदका लागि ३ जना, महासचिव पदका लागि ४ जना, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि क्रमशः ३/३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ९ सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । संघको आगामी नेतृत्वका लागि अध्यक्ष सहित १६ जना खुल्ला प्रतिष्पर्धाबाट निर्वाचित हुनेछन भने ४ जना मनोनित गर्ने र १ जना निर्वतमान अध्यक्ष स्वतः समितिमा हुने प्रावधान छ । आजै अर्थात आईतबार साँझ ५ बजेसम्म उम्मेदवारीको विरोधमा उजूरी वा उम्मेदवारी फिर्ताका समय तोकिएको छ भने बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावाली प्रकाशन हुने निर्वाचन तालिका छ । संघको आगमी कार्यकालका लागि सहमति नजुटे यहि २१ ग्ते निर्वाचनको कार्यतालिका सार्वजानिक गरिएको छ।