अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा २ जनाको उम्मेदवारी कायमै, अर्यालद्धारा उम्मेवारी फिर्ता

 
रेडियो आँधीखोला,
वालिङ १४ ।
वालिङ उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि २ जनाको उम्मेदवारी कायम रहेको छ । यसअघि ३ जनाले अध्यक्षमा मनोनयन दर्ता गरेपनि खगेन्द्रप्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिएसंगै २ जनाको उम्मेदवारी कायम भएको हो । यसअघि अध्यक्ष पदमा अनुपमा ढुंगाना तिवारी, खगेन्द्रप्रसाद अर्याल र खगुपति न्यौपानेले मनोनयन दर्ता गराउनुभएको थियो । अर्यालले आईतबार साँझ आफ्नो उम्मेदवारी फिर्ता लिएसंगै तिवारी र न्यौपानेको उम्मेदवारी कायम भएको हो । त्यस्तै महासचिवमा उम्मेदवारी दर्ता गराउनुभएका प्रकाश अधिकारीले समेत आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । 
संघको ९औँ अधिवेसनको निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार अब १६ पदको लागि ५० जना कायम भएका छन् । ५२ जनाले उम्मेदवारी दर्ता गराएपनि २ जनाले उम्मेदवारी फिर्ता लिएसंगै ५० जना कायम भएका हुन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव,  कोषाध्यक्ष र ९ जना सदस्य गरी १६ पदका लागि ५० जनाले उम्मेद्धवारी दर्ता गरेका हुन् । 
ढुंगाना तिवारी यसअघि संघको वरिष्ठ उपाध्यक्ष र न्यौपाने कोषाध्यक्ष रहनुभएको थियो । त्यस्तै उम्मेदवारी फिर्ता लिनुभएका अर्याल संघको उपाध्यक्ष रहनुभएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश अर्याल, शंकर डुम्रे र प्रकाश अर्यालको उम्मेदवार परेको छ । त्यस्तै उपाध्यक्ष पदमा मैयादेवि पौडेल, शिव पंगेनी र सुविन्द्र गुरुङको उम्मेदवारी परेको छ भने महासचिवमा पिताम्बर खनाल, विमल अर्याल र खिमानन्द पराजुलीको उम्मेदवारी परेको छ भने सचिवमा सावित्रि रेग्मी, अशोक पौडेल, दुर्गाकुमारी न्यौपानका उम्मेदवारी परेको छ । 
कोषाध्यक्षमा केशव पराजुली, खुमबहादुर विर्कट्टा थापा र चिरञ्जिीवी रेग्मी, सहकोषाध्यक्षमा गोविन्द तिवारी, मणिप्रसाद पाण्डे र लोकप्रसाद काफ्लेको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि २ जना, वरिष्ठ उपाध्यक्ष पदका लागि ३ जना, उपाध्यक्ष पदका लागि ३ जना, महासचिव पदका लागि ३ जना, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि क्रमशः ३/३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ९ सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । संघको आगामी नेतृत्वका लागि अध्यक्ष सहित १६ जना खुल्ला प्रतिष्पर्धाबाट निर्वाचित हुनेछन भने ४ जना मनोनित गर्ने र १ जना निर्वतमान अध्यक्ष स्वतः समितिमा हुने प्रावधान छ । भोली दिउँसो मतपत्र छाप्ने समय अगाडि सम्म कुनै उम्मेदवारले उम्मेदवारी पिर्ता लिन लिखित अनुरोध गरे उम्मेदवारी फिर्ता लिईने निर्णय भएको निर्वाचन समिति संयोजक लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो । व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघमा सहकार्य र सदभावका साथ अगाडि बढ्नुपर्ने भन्दै सहमतिमा यो निर्णय भएको रेग्मीले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...