समाचार
२ दिने महिला नेतृत्व तथा क्षमता अभिवृद्धि अन्र्तगत उद्दघोषण तालिम
रेडियो आँधीखोला
वालिङ, १८ असार ।
चापाकोट १ मा २ दिने महिला नेतृत्व तथा क्षमता अभिवृद्धि अन्र्तगत उद्दघोषण तालिम सम्पन्न भएको छ । वडा नं. १ को भानु माध्यमिक विद्यालयको सभाहलमा आयोजित तालिमको समापन समारोहमा वडा नं. १ का अध्यक्ष भुपराज वोस्तीले महिलाहरुलाई आर्थिक, सामाजिक तथा राजनितिक रुपमा सबल बनाउन वडाले हरेक वर्ष बजेट विनियोजन गरेर विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
महिलाहरु घरको चुलोचौकोमा मात्र सिमित नभई सामाजिक तथा राजनितिक विकासमा समेत सहभागि हुनुपर्ने भन्दै स्थानीय स्तरबाट नै महिलाहरुलाई सशक्त बनाउनपर्नेमा जोड दिनुभयो । ३० जना महिलाहरुको सहभागिता रहेको तालिममा सहभागिहरुले बोल्ने कलाको तालिम फलदायी रहेको भन्दै आगामी दिनमा अझ धेरै समयको तालिम ल्याउन माग गरेका थिए । तालिममा प्रमाण मिडिया प्रालिका अध्यक्ष गोपाल जिटि र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले सहजीकरण गर्नुभएको थियो ।