समाचार
लायन्स क्लब अफ वालिङ ग्रीन होमको पद हस्तान्तरण, अध्यक्षमा लुइटेल
रेडियो आँधीखोला
वालिङ, १९ असार ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपाल अन्तर्गतको लायन्स क्लब अफ वालिङ ग्रीन होमको पद हस्तान्तरण तथा पदग्रहण कार्यक्रम सम्पन्न भएको छ । वालिङ–६ स्थित होटल मिर्दीमा “सेवा नै खुसी हो” भन्ने मूल नाराका साथ आयोजित समारोहका बीच नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो । वर्ष २०२६÷२७ को नयाँ कार्यसमितिको अध्यक्षमा चुडामणि लुँईटेल रामु रहनुभएको छ । लुँईटेलको अध्यक्षतामा २८ सदस्यीय कार्यसमितिले पद ग्रहण गरेका हुन् ।
समितिको प्रथम उपाध्यक्ष लक्ष्मी पौडेल कुँवर, द्वितीय उपाध्यक्ष दिपेन्द्र पराजुली, सचिव तारा काफ्ले, कोषाध्यक्ष एन्जिला श्रेष्ठ रहनुभएको छ । मेम्बरसिप चेयरपर्सनमा शर्मिला मल्ल, सर्भिस चेयरपर्सनमा कृष्ण मल्ल, जनसम्पर्क अधिकारीमा रमेश अर्याल, मार्केटिङ कम्युनिकेसन्स चेयरपर्सनमा गौरव सुबेदी रहनुभएको छ ।
क्लबका एडिश्नल क्याबिनेट सेक्रेटरी सजना कोइराला कँडेलले क्लबको नयाँ टिमलाई बधाई व्यक्त गर्दै विसुद्ध सामाजिक संस्था लायन्स क्लब अफ ग्रिन होमले समाजमा रचनात्मक कार्य गर्दै आएको बताउनुभयो । नवगठित टिमले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने कार्य गरोस भन्दै यसका लागि क्लबका सबै लाग्नुपर्ने बताउनुभयो । नवनिर्वाचित कार्यसमितिलाई खादा तथा प्रमाणपत्रसहित सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो । नयाँ नेतृत्वले वालिङ क्षेत्रमा सामाजिक, वातावरणीय तथा परोपकारी कार्यहरूलाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रम क्लबका वर्ष २०२५÷०२६ का अध्यक्ष तुल्सा भण्डारी तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।