अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टरफाइनलमा, हालान्ड पनि गोल्डेन बुटको दौडमा

news

 

असार २१,पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो ।

नर्वेको जितमा एर्लिङ हालाण्डले २ गोल गरे । उनले खेलको ७९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो गोल ९०औँ मिनेटमा गरे । ब्राजिलले दुईपटक पेनाल्टीको अवसर पाएको थियो ।

पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन् । अतिरिक्त समयमा नेयमारले पेनाल्टीमा गोल गरे । २८ वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इङ्ग्ल्यान्डबीचको बिजेतासँग खेल्नेछ । नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

योसँगै ब्राजिल सन् १९९० यता पहिलो पटक क्वार्टरफाइनलअघि नै विश्वकपबाट बाहिरिएको छ । आजको खेलमा दुई गोल गरेका नर्वेका हालाण्ड चार खेलमा सात गोलसहित गोल्डेन बुटको दौडमा फ्रान्सका किलिएन एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेसीकोे बराबरीमा पुगेका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...