अहिले तरंगमा

केहि छिनमा

समाचार

स्वर्गीय मुवाको सम्झनामा ज्येष्ठ नागरिक आश्रमलाई भोजन सहयोग

news

 
रेडियो आँधीखोला
वालिङ, २४ असार ।
मल्ल परिवारले आफ्नो स्वर्गीय माताको सम्झनामा राम्दीमा रहेको बृद्धाश्रममा सहयोग गरेका छन् । भीरकोट नगरपालिका ५ स्वरेक ज्यामिरे स्थायी घर भई हाल वालिङ, काठमाडौ, भरतपुरमा बसोबास गर्दै आउनुभएका यामबहादुर मल्ल, राम्जी मल्ल, अशोक मल्ल र वसन्त मल्लले आफ्नो माता खेमकुमारी मल्लको सम्झनामा आश्रमलाई १२ हजार प्रदान गर्नुभएको हो । 
हाल भरतपुर बस्दै आउनुभएका यामबहादुरले माताको सम्झनामा ६ हजार १ सय र सयुक्त रुपमा ४ दाजुभाईले ६ हजार १ गरी १२ हजार २०० नगद आश्रमलाई भोजनका लागि सहयोग प्रदान गर्नुभएको आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले बताउनुभयो । 
शिवपार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय वालिङ–१०, भकुण्डेद्वारा संचालित (जेष्ठ नागरिक आश्रम) लाई मुवाको वार्शिक पुण्य तिथिको अवसरमा मल्ल दाजुभाईले आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।  आफ्ना दिवङ्गत मातापिता तथा आफन्तको सम्झनामा वृद्धाश्रममा रहेका बुबाआमाहरूलाई भोजन गराउने र सहयोग गर्ने परम्परा पछिल्लो समय प्रगाढ बन्दै गएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...