अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

रामनदीधाममा कात्तिक २८ देखि मंसिर १३ सम्म धार्मिक महोत्सव हुने

news

 
रेडियो आँधीखोला,
वालिङ २४ असार ।
कालीगण्डकी नदीको किनारमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल रामनदीधाममा आगामी कात्तिक २८ गतेदेखि मंसिर १३ गतेसम्म ऐतिहासिक धार्मिक महोत्सव आयोजना हुने भएको छ । रामनदी धाम संस्कृत गुरुकुलममा रहेका बटुकहरुको व्यवस्थापनमा गल्याङ १ मा रहेको गुरुकुलमले धार्मिक महोत्सवको आयोजना गरेको हो ।  धार्मिक महोत्सवमा श्रीमद भागवत महापुराण, श्रीरामचरण पादुका पूजन, विशाल शालिग्राम महापुजन, पितृउद्धाराथ ५ करोड दिप प्रज्वलन हुने भएको हो । 
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख गुरु भट्टराईले रामनदीधामको समग्र विकास, धार्मिक पर्यटन प्रवद्र्धन तथा आध्यात्मिक चेतना जगाउने उद्देश्यका साथ यो महोत्सव हुने विश्वास व्यक्त गर्नुभयो।
पत्रकार सम्मेलनलाई भागवत अङ्कुर, प्रख्यात कथावाचक नेत्र प्रसाद पराजुलीले धार्मिक महोत्सवले समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै धार्मिक, सांस्कृतिक तथा नैतिक मूल्य–मान्यताको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले धर्म र संस्कृतिको संरक्षणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै महोत्सवलाई सफल बनाउन सम्पूर्ण भक्तजन तथा स्थानीयवासीलाई सक्रिय सहभागिताको आग्रह गर्नुभयो। उहाले भन्नुभयो, महोत्सव अवधिभर श्रीमद्भागवत कथा, भजन–कीर्तन, धार्मिक प्रवचन, पूजाआजा तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
कालीगण्डकीको पावन क्षेत्रमा हुन गइरहेको यो महाकुम्भमा देश–विदेशबाट लाखौँ भक्तजनहरूको उपस्थिति रहने अनुमान गरिएको छ। कार्यक्रम  विष्णु देवानन्द सरस्वतीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा समाजसेवी विष्णु प्रसाद खाँड लगायत सञ्चारकर्मी, बुद्धिजीवी तथा धार्मिक अभियन्ताहरूको सहभागिता रहेको थियो।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...