अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारणसभा सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, २९ असार । 
वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो छैटौं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा शुद्ध खानेपानीको पहुँच अझै विस्तार गर्न वितरण प्रणाली सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । विसं २०५९ सालमा स्थापना भएको संस्था २५औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित साधारणसभामा वक्ताहरूले सुरक्षित खानेपानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्न राज्य, स्थानीय तह र उपभोक्ताबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
 
साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाको अर्थ समितिका सभापति तथा प्रदेश सभा सदस्य भोजराज अर्यालले पानी मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त महत्वपूर्ण विषय भएको बताउनुभयो । संस्थाका संस्थापक अध्यक्षसमेत रहेका अर्यालले स्वस्थ जीवनका लागि शुद्ध खानेपानी अपरिहार्य रहेको उल्लेख गर्दै वालिङवासीलाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले संस्था स्थापना गरिएको स्मरण गर्नुभयोे ।
 
अर्यालले संस्था स्थापना भएको २५ वर्षको अवधिमा वालिङ नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन संस्थाले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गर्नुभयो । उनले बढ्दो जनसंख्या र बस्ती विस्तारलाई ध्यानमा राख्दै वितरण लाइन विस्तार गरी अझ धेरै नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा पु¥याउन संस्थालाई आग्रह गर्नुभयो ।
 
कार्यक्रममन साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले पानी नै जीवन भएकाले यसको संरक्षण र व्यवस्थापनमा सबैको समान जिम्मेवारी रहेको बताउनुभयो । उहांले खानेपानीको महत्वबारे अझै पर्याप्त चेतना विकास हुन नसकेको उल्लेख गर्दै दूषित पानीका कारण विभिन्न रोगव्याधि फैलिने भएकाले सुरक्षित खानेपानीमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो  ।
 
उहांले सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा पूर्ण लगानी गर्दै आए पनि खानेपानीजस्तो संवेदनशील क्षेत्रमा अझै उपभोक्ताबाट ५० प्रतिशत लागत साझेदारी गराउने व्यवस्था रहेको भन्दै यसमा नीतिगत सुधार आवश्यक रहेको धारणा राख्नुभयोे ।
 
साधारणसभामा गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, गण्डकी प्रदेशका पूर्व प्रदेश सभा सदस्य तथा तत्कालीन विधायन समितिका सभापति मोहन रेग्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले आगामी दिनमा सेवाको गुणस्तर सुधार, वितरण प्रणाली विस्तार र दीर्घकालीन स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
 
वालिङ नगरपालिका–८ मा कार्यालय तथा मुख्य वितरण केन्द्र रहेको संस्थाले हाल ३ हजार ५९ उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
 
साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको कुल आम्दानी रु. १ करोड ६० लाख १९ हजार ७३३ रहेको छ भने कुल खर्च रु. १ करोड १७ लाख १० हजार ८०६ भएको छ । खर्च कटाउँदा संस्थाले रु. ४३ लाख ८ हजार ९२६ बचत गर्न सफल भएको कोषाध्यक्ष जीतन कुँवरले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 
त्यसैगरी सचिव टेकलाल खनालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार संस्थामा हाल रु. २ करोड ८३ लाख ३७ हजार (प्रतिवेदनमा उल्लेख भएअनुसार) बराबरको ऋण दायित्व रहेको जनाइएको छ । आगामी वर्ष वितरण सञ्जाल विस्तार, सेवा गुणस्तर सुधार तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै उपभोक्तालाई गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको संस्थाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...