अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लक्ष्मी सनराइज बैंकद्वारा टापु भञ्ज्याङ माविलाई चार थान कम्प्युटर सहयोग

news

 
रेडियो आँधीखोला
वालिङ, ३१ असार । 
लक्ष्मी सनराइज बैंक लिमिटेडको वालिङ शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय टापु भञ्ज्याङ माध्यमिक विद्यालय वालिङ ११ लाई चार थान कम्प्युटर सहयोग स्वरूप प्रदान गरेको छ ।  बैंकिङ व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएको लक्ष्मी सनराइज बैंकले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको प्रविधिसम्मको पहुँच बढाउने उद्देश्यका साथ यो सहयोग गरेको जनाएको छ।
कार्यक्रममा लक्ष्मी सनराइज बैंक वालिङ शाखाका प्रबन्धक मणि प्रसाद बस्यालले शाखा प्रमुख बैंक केवल व्यावसायिक नाफामा मात्र केन्द्रित नभई सामाजिक रूपान्तरणमा पनि सारथी भएको बताउनुभयो ।  आजको डिजिटल युगमा विद्यार्थीहरू प्रविधिमैत्री हुन आवश्यक रहेको बताउँदै बैंकले उपलब्ध गराएका कम्प्युटरहरूले विद्यार्थीहरूको प्राविधिक शिक्षा र सिकाइ क्रियाकलापमा थप टेवा पु¥याउने विश्वास लिएका लिएको बताउनुभयो । 
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिप्रसाद पङ्गेनिले ग्रामीण भेगका विद्यालयहरूमा स्रोत र साधनको अभाव भइरहेका बेला लक्ष्मी सनराइज बैंकले देखाएको यो उदारता अतुलनीय रहेको बताउनुभयो ।  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्न यो सहयोगले ठूलो ऊर्जा थपेको भन्दै बैंक परिवारप्रति  हार्दिक आभार प्रकट गर्नुभयो ।  विद्यालयका प्रधानाध्यापक नवराज पराजुलिले सूचना प्रविधिको ज्ञानबिना आजको शिक्षा अपुरो रहेको भन्दै प्रविधिमैत्रि विद्यालय बनाउन बैंकले प्रदान गरेको कम्प्युटरले थप सहज हुने बताउनुभयो ।  विद्यालयका सहायक प्रअ राजकुमार बिकले बैंकले विद्यालयलाई सम्झेर गरेको यो सहयोगले शिक्षक र विद्यार्थी दुवैमा उत्साह थपेको बताउनुभयो ।
विद्यालय परिसरमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका शिक्षक शिक्षिकाहरू तथा अभिभावकहरुको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...