अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, ३२ असार । 
बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएपछि लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय तोकिएका हरिनास गाउँपालिका–४ का ४१ वर्षीय किमबहादुर थापालाई बुधबार पक्राउ गरिएको हो ।
थापालाई पुतलीबजार नगरपालिका–१० राङखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । उहांका अनुसार थापाविरुद्ध स्याङ्जा जिल्ला अदालतले २०७१ चैत २९ गते बहुविवाह मुद्दामा एक वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसयता उहां फरार रहँदै आउनुभएको थियो । प्रहरीले पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि आज नै स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालयले अदालतबाट सजाय सुनाइएपछि फरार रहेका व्यक्तिहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...