अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

news

अमेरिकाको एटलान्टा रङ्गशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो । दुवै टोलीले कडा ट्याकल र आक्रामक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो । दोस्रो हाफ शुरु भएपछि खेलको गति फेरियो ।

५५औँ मिनेटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास ग¥यो । तर अर्जेन्टिनाले लगातार दबाब बढाउँदै खेलको ८५औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

बराबरीपछि अर्जेन्टिना झन् आक्रामक बन्यो । अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जीत सुनिश्चित गरे । अन्तिम समयसम्म दबाब थेग्न नसकेको इंग्ल्यान्ड लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुगेको छ ।

अब अर्जेन्टिनाले उपाधिका लागि साउन ४ गते बिहान पौने १ बजे स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्यान्डले तेस्रो स्थानका लागि साउन ३ गते बिहान पौने ३ बजे फ्रान्ससँग खेल्नेछ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...