समाचार
प्रहरीले एकै दिन पक्राउ ग¥यो १३ जना फरार व्यक्ति
रेडियो आँधीखोला,
वालिङ १ साउन ।
प्रहरीले एकै दिन १३ जना फरार व्यक्तिहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलिले विभिन्न मुद्दामा फरार रहेका ९ जना पुरुष, ४ जना महिला गरी १३ जना प्रतिवादीहरुलाई विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूबाट ३० दिन कैद र २३ हजार ४२०जरिवाना असुल गर्न बाँकी रहेको छ । पक्राउ पर्नेहरुमा अंशबण्डा मुद्दाका ३ जना, लुटपिट मुद्दाका २ जना, सम्वन्ध विच्छेदका २ जना, कुटपिट मुद्दाका २ जना, चोरी मुद्दाका २ जना, चेक अनादर मुद्दा १ जना र लेनदेन मुद्दा –१ ज्ना रहेका छन् ।