अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

बागमती र कोशी प्रदेशका केही ठाउँमा गएराति ठूलो वर्षा

news

 

महाशाखाका अनुसार बागमतीको मकवानपुर र कोशीको झापामा ठूलो पानी परेको हो । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भोलि मधेश र सुदूरपश्चिम बाहेकका प्रदेशका पहाडी भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै भोलिदेखि पानी पर्ने क्रम क्रमशः कम हुँदै जाने मौसमविद्ले बताएका छन् । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आज देशका विभिन्न ठाउँमा वर्षा भए पनि भोलिदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना रहेको बताउनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...