अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

news

वालिङ, ५ साउन । टेलरको ठक्करबाट वालिङमा मोटरसाइकल चालकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका ६ मिर्दी पुलमा मिर्दीबाट वालिङतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार वालिङ ६ आपडाली बस्ने ५५ वर्षीय बिनोद अर्यालको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । साँझ साढे ५ बजे से १ क ११८० नम्बरको टेलरले एउटै दिशातर्फ जाँदै गरेको ग १८ प ६२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । गम्भीर घाइते अर्यालको हात, खुट्टा र छातीमा चोट लागेको थियो । निजलाई चिकित्सकले साँझ ६ बजे र २५ मिनेटमा मृत घोषणा गरेका थिए । टेलर चालक बैतडी जिल्ला मेलौली नगरपालिका २ बस्ने २४ वर्षीय निरज चन्दलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । अर्यालको शव अहिले अस्पतालको शवगृहमा राखिएको छ । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...