अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङद्धारा गत वर्ष ३३ वटा अपांगता कार्ड वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, ६ साउन । 
वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०८२÷०८३ मा ३३ वटा अपांगता परिचय पत्र वितरण गरेको छ । नगरपालिकाले क वर्गको रातो कार्ड १० वटा, ख वर्गको  निलो कार्ड १० वटा, ग वर्गको पहेँलो कार्ड ११ वटा र घ वर्गको सेतो कार्ड २ वटा गरी ३३ वटा अपांगता कार्ड वितरण गरिएको नगरपालिका महिला तथा बालबालिका साखा प्रमुख उमादेवि डुम्रले बताउनुभयो । 
रातो र निलो कार्ड प्राप्त गर्नेले राज्यबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् भने उनीहरुको स्वास्थ्य बिमा समेत राज्यले गरेको छ । बाँकी ग र घ वर्गका व्यक्तिको नगरपालिकाले विगतका वर्षहरुमा स्वास्थ्य बिमा गरेको थियो । नगरपालिकाले हरेक महिनाको ५ गते अपांगता परिचय पत्र वितरण गर्दै आएको छ । 
हरेक महिनाको ५ गते बाहेक आकस्मिक रुपमा कार्ड आवश्यक पर्नेहरुको हकमा बैठक बसेर निर्णय गरि कार्ड दिने व्यवस्था गरिएको डुम्रले बताउनुभयो । मंगलबार मात्रै ९ वटा अपांगता परिचय पत्र वितरण गरिएको छ । क वर्गको १, ख वर्गको ३, ग वर्गको १ र घ वर्गको ४ गरी ९ वटा कार्ड वितरण गरिएको डुम्रेले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...