अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट १ अर्ब ३२ करोड भित्रियो

news

 
रेडियो आँधीखोला
वालिङ, ८ साउन । 
स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट १ अर्ब ३२ करोड भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार जिल्लाबाट २० हजार ८८२ मेट्रिक टन सुन्तला निकासी हुँदा रु. १ अर्ब ३२ करोड रकम जिल्लामा भित्रिएको हो । 
गतवर्ष जिल्लाभर कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कुल उत्पादित सुन्तला कोसेली पठाउने, घरमा खाने गर्दा २ हजार ३५६ टन सुन्तला यहीँ खपत भएको छ । कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा ८५ प्रतिशत भौतिक तथा ८० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । सुपर जोनको कार्यक्रम सुरुवाती चरण २०७३–०७४ मा जिल्लामा ८८६ हेक्टरमा सुन्तला खेति रहेको थियो भने हाल २ हजार ४५० हेक्टरमा सुन्तला बगैंचा विस्तार भएका छन् । 
लक्ष्यअनुसारको उल्लेख्य प्रगति हासिल गरेको छ । स्याङ्जाको सुन्तला निकै रसिलो र चिल्लो तथा स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको उच्च माग छ । स्याङ्जामा सुन्तलाले छुट्टै पहिचान बनाएको छ । यहाँको पुतलीबजार नगरपालिकामा सुन्तला रंगले घरहरु सृंगारिएका छन् भने यहाँ सुन्तलाबाट जाम, वाईन, जुसका साथै सौन्दर्य सम्बन्धी सामानहरु समेत उत्पादन भईसकेको छ ।  गत आर्थिक वर्षमा किसान प्रोत्साहनका लागि ७ करोड रुपैयाँ बजेट आएकोमा आर्थिक वर्ष २०८३÷०८४ मा भने सरकारले उक्त शीर्षकमा ४ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको अधिकारीले बताउनुभयो । 
कार्यालयले सुपरजोन अन्र्तगत सुन्तला, कफि, आँप, लिचि, बेसार र अदुवा खेति रहेका छन् । जोन अन्र्तगत रहेर गत वर्ष सुन्तला ९३ हेक्टर, आँप र लिचि १० हेक्टर, कफि ७ हेक्टर, अदुवा बेसार ५ हेक्टर विस्तार भएका छन् । कार्यालयले १४५ हेक्टर क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य राखेपनि ११५ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । त्यस्तै सुन्तलाखेतिलाई १३ हेक्टर  िसिंचाई पुर्वाधार निर्माण तथा मर्मत, २.०६ हेक्टर आँप लिचिका लागि सिँचाई निर्माण तथा मर्मत, १.५५ हेक्टर कफि खेतिका लागि सिँचाई पुर्वाधार तथा मर्मत ८.५ हेक्टर चैते धान खेति प्रर्वद्धनका लागि सिंचाई पुर्वाधार निर्माण तथा मर्मत भएका छन् । 
जिल्लामा हालसम्म कुल ४३९ कृषि संघ–संस्थाहरू सूचीकृत भई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइका कार्यक्रममा जोडिएका छन् । कृषि उद्यमी २८५, कृषि समूह ९०, सहकारी ५८, कम्पनी ४, प्राविधिक शिक्षालय २ कार्यालयका कार्यक्रममा जोडिएका छन् ।  
सुन्तला, आँप–लिची, कफी र अदुवा–बेसारको गरी कुल ११५ हेक्टरमा उन्नत प्रविधि सहित क्षेत्रफल विस्तारमा ४९ लाख २७ हजार खर्च भएको छ भने  २९ मिनी टिलर, १३ कम्बाइन मिल, २ थ्रेसर, २९६ आरी, ३३१ सिकेचर, ६९ ह्यान्ड स्प्रे, ८७ चार्जिङ स्प्रे लगायत उपकरण वितरण गर्दा २७ लाख ७ हजार खर्च भएको छ । त्यस्तै उद्यमशीलता विकासमा तरकारी, अकबरे खुर्सानी, कुखुरा, बंगुर, मौरीपालनका साथै सुन्तलाको बोक्राबाट फेसप्याक÷साबुन र अचार उत्पादन जस्ता १५ वटा उद्यम सञ्चालनमा ४३ लाख ७४ हजार खर्च भएको  छ । 
सुन्तलामा लाग्ने सिट्रस ग्रीनिङ रोग नियन्त्रणका लागि रोगी बगैंचा नष्ट गर्ने स्पष्ट कार्यविधिको अभाव हुँदा समस्या भएको वरिष्ठ कृषि अधिकृत अधिकारीले बताउनुभयो । स्याङ्जामा सुन्तला भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा अफ सिजनमा महंगोमा सुन्तला बेच्नबाट वञ्चित भएका छन् । सुन्तलाको लागि चिस्यान केन्द्र परिक्षणकै क्रममा रहेको वरिष्ठ कृषि अधिकृत अधिकारले बताउनुभयो । सिँगल–च्याम्बर कोल्डस्टोर चलाउन प्राविधिक विज्ञको कमी हुनु र मल्टिपल च्याम्बर कोल्डस्टोरको आवश्यकताका देखिएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...