अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गण्डकी प्रदेश सभा अर्थ विकास समितिका सभापति अर्यालद्धारा पहिरो तथा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

news

 
रेडियो आँधीखोला
वालिङ, ११ साउन । 
गण्डकी प्रदेश सभा अर्थ विकास समितिका सभापति भोजराज अर्यालले स्याङ्जाको गल्याङ नगरपालिका–६, पिढिखोला पुगेर बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । असार २९ गते आएको बाढीले  गल्याङ ६ को डुँडे बजार तथा नरोदय माध्यमिक विद्यालयमा पु¥याएको क्षति पुगेको थियो भने असार ३२ गते गल्याङ–६ को पातीखर्क, बनपाला गाउँमा गोठ भत्किँदा स्थानीय धनबहादुर थापाको  निधन भएको थियो । 
अर्यालले निधन भएका थापाको घरमा पुगेर परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ । बाढी पहिरो प्रभावित स्थानीयसँग भेटघाटका क्रममा क्षतिको वास्तविक अवस्था बुझ्नका लागि स्थलगत  निरिक्षण गरिएको अर्यालले बताउनुभयो । प्रभावित परिवारको राहत, पुनःस्थापना तथा दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने सभापति अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
अर्यालसँग नेपाली कांग्रेस गल्याङ नगरसभापति श्यामप्रसाद बस्याल, गल्याङ–६ का वडाध्यक्ष दीप छिरिङ गुरुङ, नेपाली कांग्रेस वडा नं. ६ का सभापति चन्द्र चापागाईं, महाधिवेशन प्रतिनिधि चन्द्र राना, नेपाली कांग्रेसका नेता गोपीकृष्ण पाण्डे, बालप्रसाद डुम्रे, बाबुराम गैह्रे तथा सुदीप अर्याल लगायतको सहभागिता रहेको थियो । 
अहिले डुँडे बजार नै जोखिममा परेको छ । त्यहाँका सिँचाईका कुलोहरु बाढीले बगाएको छ भने किसानले रोपेका धानखेतिमा समेत क्षति गरेको छ । वडा सचिव रश्मि भुषाल चापागाँईका अनुसार क्षति भएका स्थानीयहरुले वडामा  निवेदन पेश गरेका छन् । वडाले तत्काल गर्न सक्ने त्रिपालहरु दिएर पानी तर्काउने कार्य गरिएको थियो । नरोदय माध्यमिक विद्यालयको सौचालय भत्केको थियो भने कम्माउण्ड भत्काएर बाढी विद्यालयमा पुगेको थियो । अहिले वर्खे विदाका कारण विद्यालय बन्द छ । विद्यार्थी वारपार गर्ने पुल समेत बगाउँदा अहिले अस्थायी रुपमा बाँसको फड्के बनाएर स्थानीयले वारपार गरेका छन् । वडाले निवेदन संकलन गरी नगरपालिकाको विपद साखामा पठाउने र सोहि अनुसार राहत प्राप्त गर्नेछन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...