अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जाका सिग्देल र अधिकारी प्रेस युनियनको केन्द्रिय सदस्यमा मनोनित

news

 
रेडियो आँधीखोला,
वालिङ ११ साउन ।
स्याङ्जाका दुई क्रियाशिल पत्रकार नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । नेपाल प्रेस युनियनको विधान २०४८ -छैटौँ संशोधन २०७९) धारा २१ को …झÚ बमोजिम स्याङ्जाका दुई क्रियाशिल पत्रकार सहित ७ केन्द्रिय सदस्य र २ आमन्त्रित केन्द्रिय सदस्य मनोनित गरेको हो । स्याङ्जामा ३ दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर लाग्नुभएका पब्लिक आवाज साप्ताहिक पत्रिकाका अध्यक्ष श्रीकृष्ण सिग्देल र स्याङ्जा बुलेटिन राष्ट्रिय दैनिकका सम्पादक भवानी अधिकारी प्रेस युनियनको केन्द्रिय सदस्य मनोनित हुनुभएको हो । 
 
पत्रकार सिग्देल यसअघि नेपाल प्रेस युनियनको जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष हुँदै हाल नेपाल पत्रकार महासंघको प्रदेश सदस्य रहनुभएको छ । सिग्देल यस आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो आँधीखोला एफएमका सञ्चालक सदस्य  समेत रहनुभएको छ । अर्का सदस्य भवानी अधिकारी यसअघि सञ्चारिका समूहकी जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघको उपाध्यक्ष हुँदै हाल प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेश पोखराका सञ्चार समन्वय समिति सदस्य रहनुभएको छ ।
 
यसैबीच नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको रिक्त पदमा उपमहासचिवद्वय दिलिपाश्री अधिकारी र युवराज गौतम मनोनित हुनुभएको छ । स्याङ्जाकी अधिकारी यसअघि केन्द्रिय सदस्य हुँदै हाल उपमहासचिव रहनुभएको थियो । उहाँ काठमाडौँमा बसेर पत्रकारिता गर्दै आउनुभएको छ । 
 
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार युनियनको विधान २०४८ -छैटौँ संशोधन २०७९) को परिच्छेद ४ को दफा ३१ मा उल्लेखित प्रावधान र केन्द्रीय समितिको पहिलो बैठकको म्यान्डेट अनुसार सचिवालयका रिक्त दुई पदमा उहाँहरूलाई मनोनयन गरिएको हो । विधानमा अध्यक्षको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य रहने गरी ९ सदस्यीय सचिवालय गठन गर्ने व्यवस्था रहेको छ । केन्द्रिय समितिले ७ सहित १० जना केन्द्रिय सदस्य, २ आमन्त्रित केन्द्रिय सदस्य मनोनित गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...