अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

पूर्व उपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति वालिङ र भिरकोट नगरपालिकाद्वारा शोक वक्तव्य जारी

news

 
रेडियो आँधीखोला,
वालिङ १३ साउन ।
नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा पूर्व शिक्षा मन्त्री गोपालमान श्रेष्ठको निधनप्रति स्याङ्जाका दुई पालिका वालिङ नगरपालिका र भिरकोट नगरपालिकाले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ३ निवासी श्रेष्ठको साउन १२ गते काठमाडौँमा निधन भएको थियो । बुधबार श्रेष्ठको पशुपति आर्यघाटनमा अन्त्योष्टि गरिएको छ । वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणद्वारा जारी शोक वक्तव्यमा स्वर्गीय श्रेष्ठको निधनले नगरपालिका परिवार अत्यन्त मर्माहत र शोकाकुल भएको जनाइएको छ ।
स्याङ्जाको अभिभावकीय व्यक्तित्वका रूपमा रहनुभएका श्रेष्ठले लामो समय सम्म स्याङ्जाको प्रतिनिधित्व गर्दै वालिङ क्षेत्रको पूर्वाधार, सामाजिक रूपान्तरण र जनताको समृद्धिका लागि पु¥याउनुभएको अतुलनीय योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख छ । उहाँको निधनबाट राष्ट्रले नै एक अनुभवी, इमान्दार र लोकप्रिय अभिभावक गुमाएको वालिङ नगरपालिकाले जनाएको छ ।
यस्तै, भिरकोट नगरपालिकाकाले पनि शोक वक्तव्य जारी गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन र लोकतन्त्रको संस्थागत विकासमा श्रेष्ठको योगदान अतुलनीय रहेको उल्लेख छ । नगरप्रमुख गाविन्दकुमार कर्माचार्यद्धारा जारी गरिएको शोक वक्तव्यमा समग्र स्याङ्जा जिल्ला तथा यस क्षेत्रको कुशल अभिभावक एवं विकास निर्माणका अभियानकर्ताका रूपमा स्वर्गीय श्रेष्ठको अग्रणी भूमिका र योगदान चिरस्मरणीय रहने उल्लेख गरिएको  छ । यसअघि पुतलीबजार नगरपालिकाले भने नेता तथा पुर्व मन्त्री श्रेष्ठको निधनमा बुधबार सार्वजानिक विदा दिएको छ । 
 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...