समाचार
स्याङ्जा क्षेत्र नं. २ का सांसद डुम्रेद्धारा जनभेटघाट
वालिङ, १४ साउन ।
स्याङ्जा क्षेत्र नं. २ का सांसद झविला डुम्रेले यहाँका विभिन्न पालिकामा जभेटघाट कार्यक्रम गर्नुभएको छ । यहि साउन ७ गतेदेखि १२ गतेसम्म ५ पालिकाका विभिन्न वडाहरुमा पुगेर नागरिकका गुनासा सुन्ने, पालिकाका जनप्रतिनिधि र सम्बन्धीत सरोकारवाला निकायहरुसंग भेटघाट गरी यहाँको विकास निर्माणका विषयमा छलफल गर्नुभएको छ ।
सम्बन्धीत पालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय, आम सर्वसाधारणसंग भेटघाट गरी गुनासा र सुझावहरु संकलन गर्नुभएको रास्वपा वालिङ नगर उपसभापति पुष्पा अर्यालले बताउनुभयो । वालिङका १, २, ५, ६, ८ र ९ का वडाहरुमा पुगेर नागरिकका समस्या र गुनासाहरुलाई संकलन गरी सम्बाधेन गर्ने निकायसंग समन्वय गरी अगाडि बढ्ने सांसद डुम्रेले बताउनुभयो ।