अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

देवानगञ्ज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख

news

झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर १ जनाको ज्यान गएपछि स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यु तथा निषेध आदेश जारी गरेको थियो ।

अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय सद्भाव बैठकहरू भइरहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार हरिनगर र भोक्राह नरसिंह गाउँपालिकामा आयोजना भएको सर्वपक्षीय बैठकमा शान्ति सुरक्षा कायम राख्ने सहमति भएको छ ।

प्रशासनले प्रभावित पालिकाका जनप्रतिनिधि र विवादमा संलग्न दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गरिरहेको छ । घटनापछि हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले बाँके, कपिलवस्तु र मधेशका अन्य जिल्लाहरूसँग पनि निरन्तर समन्वय र सुरक्षा समीक्षा गरिरहेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती पनि गरेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...