अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मगर भाषा र लिपिको पुस्तक आखरहील्म पुस्तक विमोचन

news

 
रेडियो आँधीखोला
वालिङ, १७ साउन । 
मगर भाषा र लिपिको पुस्तक आखरहिल्म पुस्तक शनिबार लोर्कापण गरिएको छ । साहित्यकार जिवि राना र सावित्रा  थापा मगरले संयुक्त रुपमा लेखन गर्नुभएको पुस्तकमा मगर भाषा, साहित्य र संस्कृतिलाई जर्गेणा गर्ने प्रयास गरिएको छ । समाजसेवी तथा मगर अगुवा हर्क आलेले नयाँ पिँडिका लागि यो पुस्तक कोषे ढुंगा सावित हुने बताउनुभयो । पुस्तक विमोचन गर्दै पुस्तकले मगर भाषासंगै रहनसहन र परम्परालाई समेत जिवन्त राख्ने प्रयास गरेको भन्दै मगर भाषा, संस्कार र संस्कृतिलाई जर्गेणा गर्न यस्ता पुस्तकले महत्वपुर्ण सहयोग पुग्ने बताउनुभयो । 
१३० पृष्ठको पुस्तकमा मगर जातिको ईतिहास, पहिचानका साथै मगर समुदायमा दैनिक जिवनमा प्रयोग हुने पोशाक, सामाग्रीहरु चित्रगत रुपमा प्रष्ट्याउन खोजिएको छ । 
मगर जाति प्रकृति पुजक भएकाले प्रकृतिका विषयमा जनावरका विषयमा समेत उल्लेख गरिएको छ । त्यस्तै मगर जातिको रैथाने खानाका परिकार यसको महत्व, सांस्कृतिक महत्वलाई समेत दर्शाएको छ । विभिन्न ७ खण्डमा समावेश गरिएको पुस्तकमा  कथा, कविता,  मुक्तक, डायरी, भित्तेपात्रो, निबन्ध, मगर भाषाको लिपिका ब्यानरहरु रहेका छन् । 
पुस्तकले नयाँ पुस्तालाई मगर भाषा, चालचलन, इतिहास, रितिरिवाजका विषयमा जानकारी गराउँदै यसको संरक्षणमा नयाँ आयाम थप्नेछ । शिक्षक पेशाका राना सञ्चार क्षेत्र, साहित्य क्षेत्र हुँदै अहिले आफ्नो पहिलो पुस्तक सार्वजानिक गर्नुभएको होे । नेपाल लेखक संघकोे आयोजनामा आयोजित पुस्तक विमोचन कार्यक्रममा फोनिज गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष रुद्र श्रीस, गिता रखालीमगर, मिलन समिर, अनन्त अर्याललगायतले पुस्तकको समिक्षा गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...