अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लक्ष्मीस्मृति सामुदायिक पुस्तकालयद्धारा सदभाव ¥याली

news

 
रेडियो आँधीखोला,
वालिङ १७ ।
लक्ष्मीस्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनको आयोजनामा सद्भाव र्याली सम्पन्न भएको छ । पछिल्ला केही दिनहरुमा नेपालका विभिन्न जिल्लाहरुमा देखिएको धार्मिक विवाद न्युनिकरण गर्न उक्त सद्भाव र्यालीको आयोजना गरेको हो । विषम परिस्थितिका बीच सामाजिक तथा धार्मिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने उद्देश्यले स्याङ्जामा सामाजिक सद्भाव र्याली  सम्पन्न गरिएको संस्थाले जनाएको छ ।
लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयको प्रांगणबाट शुरु भएको र्यालीले स्याङ्जा बजार परिक्रमा गरेको थियो । शहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्रमणी मरसिनिले सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता, सामाजिक तथा धार्मिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले र्याली आयोजना बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष चन्द्मणी पोडेल र प्रमुख व्यवस्थापक रमेश गोदार लगायतले मन्तव्य राख्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...