समाचार
रोटरी क्लब अफ वालिङद्धारा नगर अस्पताल परिसरमा १०७ बिरुवा रोपण
रेडियो आँधीखोला,
वालिङ १७ साउन ।
वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा स्वच्छ र स्वस्थ समुदाय निर्माण गर्ने उद्देश्यसहित रोटरी क्लब अफ वालिङले नगर अस्पताल परिसरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । रोटरी क्लब अफ वालिङको आयोजनामा आइतबार वालिङ नगरपालिका–१ रामबाच्छास्थित नगर अस्पताल परिसरमा विभिन्न प्रजातिका १०७ वटा बिरुवा रोपिएको हो । कार्यक्रम वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नगरप्रमुख खाँणले वातावरण संरक्षण अहिलेको साझा आवश्यकता र दायित्व बनेको बताउनुभयो । बढ्दो सहरीकरण, वन विनाश तथा जलवायु परिवर्तनका कारण वातावरणीय चुनौती थपिँदै गएकाले वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने उहांको भनाइ थियो ।
बिरुवा रोप्नु मात्र पर्याप्त हुँदैन, त्यसको संरक्षण र उचित हेरचाह पनि उत्तिकै आवश्यक हुन्छ,Ú नगरप्रमुख खाँणले भन्नुभयोे, ‘आज रोपिएका बिरुवालाई हुर्काएर हराभरा बनाउन सकेमा यसले भविष्यमा स्वच्छ हावा, स्वस्थ वातावरण र सुन्दर नगर निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।Ú
नगर अस्पताल परिसरमा गरिएको वृक्षारोपणले अस्पतालको वातावरणलाई थप स्वच्छ, हरियाली र आकर्षक बनाउन सहयोग पुग्ने नगर प्रमुख खाँणले विश्वास व्यक्त गरे । नगरपालिकाले पनि वातावरण संरक्षण, हरियाली विस्तार तथा दिगो विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनले जानकारी दिनुभयो ।
रोटरी क्लब अफ वालिङका अध्यक्ष पौडेलले समुदायको आवश्यकता पहिचान गरी क्लबले सामाजिक सेवाका विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो । वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै नगर अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिनुभयो ।
‘स्वस्थ समुदाय निर्माणका लागि स्वच्छ वातावरण आवश्यक छ,Ú अध्यक्ष पौडेलले भन्नुभयोे, ‘वृक्षारोपणमार्फत हरियाली बढाउनुका साथै भावी पुस्तालाई स्वच्छ र सुरक्षित वातावरण हस्तान्तरण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौँ ।Ú