अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

भेषजराज साहित्य प्रतिष्ठानको ९९ औँ शृङ्खलाको रचना वाचन सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, १९ साउन । 
भेषजराज साहित्य प्रतिष्ठानले ९९ औँ शृङ्खलाको रचना वाचन कार्यक्रम सम्पन्न गरेको  । वालिङ स्थित उपकार बचत तथा ऋण सहकारीको सभाहलमा गरिएको रचना वाचनमा ८६ वर्षीय पूर्व जनप्रतिनिधि एवम् कवि निलकण्ठ लम्सालले प्रतिष्ठानको नियमित रचनावाचन कार्यक्रमले श्रष्टाहरुलाई रचना सिर्जना गर्न प्रेरित गरिरहेको बताउनुभयो । कार्यक्रमको निरन्तरताका लागि शुभकामना व्यक्त गर्दै बूढो भयो र देशको असन्तुलित अवस्था शीर्षकका कविता समेत पनि वाचन गर्नुभयो ।
कार्यक्रममा कवि जयलाल सुवेदीले परिचय बल्ल भयो, इन्द्र पाठकले गुरुलाई सम्झना, भविश्वर पंगेनीले समसामयिक विषय, लेखनाथ काफ्लेफे रेसुङ्गाको टावर यात्रा संस्मरण गर्दै गजल प्रस्तुत गर्नुभएको थियो  ।। कार्यक्रममा विष्णु पंगेनी पाण्डेले मुक्तक, दिलीप थापा मगरले गजल, ढालबहादुर केसीले कविता, बोधराज न्यौपानेले रचना, श्यामप्रसाद ढुङ्गानाले आँधीखोलाको अनन्तता, गोपाल जिटीले गीत प्रस्तुत गर्नुभएको थियो भने बाल प्रतिभा आयाम पाण्डेले पनि कविता वाचन गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानकी सदस्य सावित्री अर्याल रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...