अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भारी वर्षा र विपद्को जोखिमः पूर्वसावधानी अपनाउन वालिङ नगरपालिकाको आग्रह

news

 
रेडियो आँधीखोला
वालिङ, १९ साउन । 
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम चेतावनी नक्सा जारी गरेपछि वालिङ नगरपालिकाले नगरवासीलाई उच्च सतर्कता र पूर्वसावधानी अपनाउन आग्रह गरेको छ ।
विभागले आईतबार जारी गरेको सूचना अनुसार श्रावण १९ गतेसम्म स्याङ्जा जिल्ला लगायत देशका अन्य ठाउँका एक–दुई स्थानमा भारी तथा अति भारी वर्षा हुने सम्भावना देखिएको छ । यस अवधिमा उत्पन्न हुनसक्ने बाढी, पहिरो र सम्भावित विपद्जन्य जोखिमबाट जनधनको क्षति न्यूनीकरणका लागि वालिङ नगरपालिकाले विशेष सूचना जारी गर्दै नागरिकहरूलाई  अनुरोध गरेको छ ।
अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन, यात्रा गर्नुपरेमा मौसम र सडकको अवस्थाबारे पूर्वजानकारी लिन तथा ठूलो पानी परेको समयमा सकभर रातिको यात्रा नगर्न आग्रह गरिएको छ। पहिरोको जोखिम भएका क्षेत्र वरपर अनावश्यक आवतजावत नगर्न, पुराना घर, गोठ, पुल तथा कमजोर भौतिक संरचनामा प्रवेश नगर्न भनिएको छ । अकस्मात खोला–खोल्सीहरूमा बाढी आउन सक्ने भएकाले खोला तथा नदी किनारमा नजान अनुरोध गरिएको छ ।
बाढी, पहिरो र डुबानको जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारहरूलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।  अफवाह वा अपुष्ट सूचनाको पछि नलागी केवल आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न र जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमानहरूबारे अद्यावधिक रहन भनिएको छ। विपद्को संकेत देखिएमा वा विपद् सम्बन्धी सूचना दिन तथा सहयोग लागी १२३४, १०० वा नगरपालिका, वडा कार्यालय तथा जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न सकिने भनिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...