अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

साउनको तेस्रो सोमबार १ लाख हजार १३ हजार ६३६ रुपैँया भेटि संकलन

news

 
रेडियो आँधीखोला
वालिङ, १९ साउन । 
स्याङ्जाको प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा साउनको तेस्रो सोमबार आज १ लाख १३ हजार ६३६ रुपैँया भेटि संकलन भएको छ । साउनको महिना भगवान शिवको प्रिय महिना भएकाले साउनको महिनाभर शाकाहारी भोजन गरी सोमबार शिवको पूजाआराधना गर्ने गरिन्छ । भगवान शिवको पूजा आरधाना गरेमा परिवमार सुख, शान्ति समृद्धि प्राप्त हुने जनविश्वासका साथ भक्तजनहरु साउनको सोमबार शिव मन्दिरमा गई स्नान तथा पूजा पाठ गर्ने गर्दछन् । 
४ ओटा सोमबार परेको यसपटकको साउनको तेस्रो सोमबारका अवसरमा मन्दिरमा चढाईएको भेटि ३४ हजार १६०, सहयोग रसिद २३ हजार ७६१, दानपेटिका १६ हजार २००, १०८ गौमुख धाराबाट १५ हजार ५, १०८ शिव लिंगबाट १५ हजार ५ आजिवन सदस्यताबाट ७ हजार ५००, व्यापारिक स्टलबाट २ हजार गरी १ लाख १३ हजार ६३६ रुपैँया भेटि संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलले बताउनुभयो । 
साउन महिनाको हरेक सोमबार र हरिशयनी एकादशीका अवसरमा महाआरती गर्ने कार्यक्रम अनुसार आज बेलुका ७ बजेबाट महाआरती तथा भजनकृतन गरिनेछ । आफ्ना दिवंगतको सम्झना, जन्मदिन  वा अन्य विषेश अवसरमा मन्दिरमा भक्तजनहरुले पनि महाआरती गराउने सक्नेछन् । मन्दिरमा बुटवलबाट आईतबार मोक्ष धाम बोलबम टोलीले विहान स्नान तथा पूजा पाठ गरेका छन् भने दिउँसो सिद्धबाबा बोलबम टोलीले पनि मन्दिरमा स्नान गरेका छन् । मन्दिरमा पर्वत, कास्की, तनहुँ, पाल्पालगायतका जिल्लाहरुबाट पनि धार्मिक आस्थाका साथ आउने गरेका छन् । अबिरल वर्षाका बाबजुद पनि भक्तजनहरु मन्दिरमा स्नान तथा पूजापाठका लागि विहानैदेखि पुगेका थ्एि ।
यसरी विभिन्न पर्वहरुमा मन्दिरमा संकलित रकम मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भगवान शिवपार्वतीको कथासंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ । मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...