अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

news

 
रेडियो आँधीखोला
वालिङ, १९ साउन । 
स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरेका छन् । गए राति गल्याङ नगरपालिका–५ रुपखानी निवासी श्याम रानाको घर नजिकै रहेको बाख्राको खोरमा बाघ पसेर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
डिएसपी अवस्थीका अनुसार आक्रमणमा सानो–ठूलो गरी १० वटा बाख्रा तथा बोका परेका थिए । तीमध्ये नौ वटा घटनास्थलमै मृत अवस्थामा फेला परेका छन् भने एउटा बाख्रा हराइरहेको छ । प्रहरीका अनुसार बाघले उक्त बाख्रा लगेको अनुमान गरिएको छ । घटनाबारे आवश्यक विवरण संकलन तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्थानीयवासीलाई वन्यजन्तुको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा पशुचौपायाको सुरक्षा व्यवस्था मजबुत बनाउन र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरी तथा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...